images

शुक्रवार, चैत्र १६ गते २०८०

पक्लिहवा कृषि क्याम्पसमा ‘इन्ट्रेक्सन फर कज’ कार्यक्रम

पक्लिहवा कृषि क्याम्पसमा ‘इन्ट्रेक्सन फर कज’ कार्यक्रम

images
images
images
आइतवार, बैशाख ११ २०७९
आइतवार, बैशाख ११ २०७९
  • पक्लिहवा कृषि क्याम्पसमा ‘इन्ट्रेक्सन फर कज’ कार्यक्रम

    भैरहवा, ११ वैशाख । 
    आइकोनिक युथ फर एनिमलले पक्लिहवा कृषि क्याम्पस भेटनरीका विद्यार्थीसँग ‘पक्लिहवा कृषि क्याम्पसमा ‘इन्ट्रेक्सन फर कज’ कार्यक्रम फर कज’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. शम्भु शाहले पृथ्वी जोगाउन र पर्यावरणलाई बचाइराख्न पशुहरुलाई बचाउनुपर्ने बताए । कार्यक्रममा कामधेनु गौशाला प्रमुख योगी सोमराज, डा. गंगा यादव, डा. सुमन सिंह, डा. निशान्त शाह, डा. राकेश यादव, डा. यम गुरुङ, डा. विरेन्द्र श्रेष्ठ, माइक्रो बाइलोजी लेक्चर डा. दिनेश दर्नाल, डा. सबनम खान, लुम्बिनी वाणिज्य क्याम्पसका लेक्चर निरज गौतम, अभिषेक गौडेल, समाजसेवी सन्जु न्यौपाने लगायतको आतिथ्यतामा भएको कार्यक्रममा करिब ६० जना पास आउट हुने विद्यार्थी डाक्टरहरुसहित कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images

    आइकोनिकका उपाध्यक्ष सुरुची खड्काको स्वागत तथा सचिव मधु पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा आइकोनिकका अध्यक्ष राजन गौडेलले आगामी दिनमा आगामी दिनमा विद्यार्थीहरुलाई आइकोनिकले पनि जागिरको व्यवस्था गर्ने र नेपालभरी सडक जनावर तथा बेवारिसे जनावर उद्दारका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । 

    कार्यक्रमलाई बुटवल उद्योग वाणिज्य संघ, सिए अरुण ज्ञवाली तथा प्रोफेसनल एजुकेशनले सहयोग गरेका थिए । मानवदेखि जनावरको दुःख देख्न नसक्ने गौडेल बुटवल उपनगरपालिकाको ६३ औं स्थापना दिवसमा सम्मानित भएका थिए भने लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ एरिया ४ बाट उत्कृष्ट समाजसेवी पुरस्कार पनि पाएका थिए । कार्यक्रम भव्यता साथ सम्पन्न भएको कार्यक्रम संयोजक हेमा पुरीले जानकारी दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij