२०८३, कार्तिक ४ गते

Oct 21 2026 | २०८३, कार्तिक ४ गते

जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख राप्रपामा प्रवेश

आइतवार , बैशाख ११, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ११ वैशाख ।
    जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।

    एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य समेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन् ।

    नेता यादवलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्यद्वय वसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, कोषाध्यक्ष राजेश ढकाल लगायतले पार्टीमा स्वागत गरेका हुन् ।