२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

ओमसतिया–२ का वडाअध्यक्ष ज्ञानेश श्रेष्ठद्वारा कांग्रेस परित्याग

सोमवार , बैशाख १२, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १२ वैशाख ।
    नेपाली कांग्रेसबाट निर्वाचित रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेश श्रेष्ठले पार्टी परित्याग गरेका छन् । कांग्रेसको क्रियाशिल सदस्य तथा क्षेत्रीय प्रतिनिधि समेत रहेका श्रेष्ठले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।

    उनले भने, ‘१४ औं महाधिवेशनमा पार्टीभित्रको गुट उपगुटले पार्टीलाई र पार्टीमा आस्थावान सम्पूर्ण साथी, साधारण सदस्य, क्रियाशिल सम्पूर्णलाई दुःखित पुर्याउँदा उक्त सम्पूर्ण मतभेद भुलिरहेको अवस्थामा हाल हुन गइरहेको निर्वाचनमा म पनि उम्मेदवारको आंकाक्षी भएको र मसहित सिफारिस भएका पाँचजनाको नाममध्ये मेरो नाम १ नम्बरमा हुँदाहुँदै महाधिवेशनको गुटपगुटको बदला लिने तरिकाले कांग्रेस क्षेत्रीय कार्यसमितिका केही नेताहरु मनोमानी ढंगले सबैभन्दा अन्तिम नाममा रहेको उम्मेदवारलाई टिकट वितरण गरेका छन् ।’

    पार्टीलाई सदैव उच्च सम्मानका साथ राख्नका लागि कुनै प्रकारको कमी नछोडेको तथा पार्टीको विस्तार र एकतामा आफू लागेको उनले बताए । उहाँहरुको यस्तो प्रकृतिले नेपाली कांग्रेस ओमसतिया वडा नम्बर २ मा आस्थावान व्यक्तिहरुलाई ठूलो आघात भएको हुँदा आफूले पार्टीबाट राजीनामा दिएको बताए ।