२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

एमालेबाट सिद्धार्थनगरको मेयरमा बस्याल र उपमेयरमा अधिकारीद्वारा उम्मेदवारी दर्ता

सोमवार , बैशाख १२, २०७९

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा डा.रामप्रसाद बस्याल र उपप्रमुख (उपमेयर) मा उमा अधिकारीले उम्मेदवारी दिएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य निर्वाचन  अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

    डा. बस्याल एमाले सिद्धार्थनगरका पूर्व सह–सचिव हुन् । अधिकारी एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज हुन् ।

    एमालेले १३ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।

    यी हुन् वडाध्यक्षका उम्मेदवारहरु

    १. नर्जुन गुरुङ 
    २. दीपक कुमार थापा
    ३. थानेश्वर पौडेल
    ४. मिलन बस्नेत
    ५. चेत बहादुर क्षेत्री
    ६. राम दयाल गुप्ता
    ७. हरि काफ्ले
    ८. उमेश थापा मगर
    ९. शेषकान्त भण्डारी
    १०. सुर्जमन यादव
    ११. दिलिप कुमार यादव
    १२. कुमार गुरुङ
    १३. सतिश प्रसाद मर्सानी