
सोमवार , बैशाख १२, २०७९
भैरहवा, १२ वैशाख । राष्ट्रिय जनमोर्चाबाट सिद्धार्थनगरको प्रमुख (मेयर) मा हिरालाल धामी र उपप्रमुख (उपप्रमुख) मा दुर्गादेवी शर्मा आचार्यले उम्मेदवारी दिएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेको पार्टी सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए ।
उपप्रमुखमा उम्मेदवारी दिएकी आचार्य जनमोर्चाको भातृ संगठन अखिल नेपाल महिला संघ रुपन्देहीको जिल्ला सचिव तथा सिद्धार्थनगर अध्यक्ष समेत हुन् । उनी सामाजिक क्षेत्रमा क्रियाशिल छिन् । उनी लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् । उनी जेसीआई सिद्धार्थ लेडी, नेपालका पूर्व अध्यक्ष समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij