
सोमवार , बैशाख १२, २०७९
नवलपरासी, १२ बैशाख । पश्चिम नवलपरासीको सरावलमा नेकपा एमालेले हर्सो उल्लासको साथ चुनावी उम्मेदवारी दर्ता गराएको छ । सरावल गाउँपालिकामा नेकपा एमाले पार्टीको जनलहर संगै एमालेले सरावलमा हर्सो उल्लासको साथ उम्मेदवारी दर्ता गरेको हो ।
गाउँपालिका अध्यक्षमा सुखाडि प्रसाद चौधरी , उपाध्यक्षमा बासमती हरिजन र वडा अध्यक्षमा वडा नम्बर- १ मा विष्णु भट्टराई ,२ मा भेषनाराण चौधरी , ३ मा लक्ष्मी चौधरी ,४ मा सुरेश यादव, ५ मा दिनेश सहानि, ६ मा कैलाश यादव, ७ मा मनोहर यादव लगाएतको उमेदवार घोषणा गरि नेकपा एमालेले सरावल मा हर्सो उल्लासको साथ उम्मेदवारी दर्ता गराएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij