२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

कांग्रेस गैडहवा गाउँपालिका सभापतिसहित ३० जनाद्वारा पार्टी परित्याग

मंगलवार , बैशाख १३, २०७९

भैरहवा, १३ वैशाख ।
उम्मेदवार चयनको विषयमा असुन्तष्टी जनाउँदै नेपाली कांग्रेस गैडहवा गाउँ कार्यसमितिका सभापति सत्यनारायण पथिकसहित ३० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । गैडहवा गाउँकार्यसमिति भित्र तानाशाही प्रवृति हावी भएको र क्षेत्रीय सभापतिबाट पक्षपातपूर्ण क्रियाकलापका कारण कांग्रेसभित्र भविष्य सुरक्षित नदेखिएकाले पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । पार्टीमा रहेर काम गर्न नसक्ने परिस्थिति भएकाले पार्टी परित्याग गरेको उनीहरुको भनाइ छ ।

गत स्थानीय तहको निर्वाचनमा फराकिलो मत अन्तरले पराजित उम्मेदवार वसीउल्ला मुसलमानलाई पुनः  टिकट दिने सांसद भरत कुमार शाहको ढीपीको कारण कांग्रेस परित्याग गर्न बाध्य भएको गैडहवा कार्यसमिति सभापति सत्यनारायण पथिकले बताए ।