
मंगलवार , बैशाख १३, २०७९
भैरहवा, १३ वैशाख ।
नेपाली कांग्रेसबाट निर्वाचित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीमसेन कर्मचार्य, कांग्रेस वडा नम्बर ७ सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्मचार्यले पार्टी परित्याग गरेको बताएका छन् ।
मंगलबार कांग्रेस सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्कालाई राजीनामा दिदै पार्टीकोसाधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरिएको वडा सभापति पौडेलले बताए ।
वर्षौदेखि अनवरत रुपमा पार्टीमा योग्दान गरेपनि आसन्न निर्वाचनलाई लिएर पार्टीमा कुनै पनि मुल्यांकन नरहेको, पार्टीको सिद्धान्तमा नभई व्यक्तिवादी हाबी भएकोले र कुनै सल्लाह सुझाव नलिई एकलौटी निर्णय मनपरी पार्टी चलाएको भन्दै साधारण सदस्य समेत नरहने गरी परित्यागको घोषणा गरेका हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij