images

शुक्रवार, चैत्र १६ गते २०८०

अघोषित विद्युत कटौतीले उद्योग सञ्चालनमा समस्या भएको गुनासो

अघोषित विद्युत कटौतीले उद्योग सञ्चालनमा समस्या भएको गुनासो

images
images
images
बुधवार, बैशाख १४ २०७९
बुधवार, बैशाख १४ २०७९
  • अघोषित विद्युत कटौतीले उद्योग सञ्चालनमा समस्या भएको गुनासो

    भैरहवा, १४ वैशाख । 
    औद्योगिक कोरिडोरहरुका उद्योगहरुमा विगत केही दिनदेखि लामो समयसम्म अघोषित विद्युत कटौतीले उद्योग सञ्चालनमा समस्या भएको उद्योगीहरुले गुनासो गरेका छन् । लो भोल्टेज, ट्रिपिङ तथा विद्युत आपूर्तिको समस्या र विद्युत प्राधिकरणबाट लोड व्यवस्थापनका लागि विद्युत कटौती भइरहेकाले उद्योग सञ्चालनमा समस्या भएको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

    उद्योगहरुमा विगत एक महिनादेखि दैनिक १२ घण्टा सांझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित रुपमा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । ‘दिनको समयमा पनि प्रत्येक घण्टा घण्टामा हुने बारम्बारको ट्रिपिङ, लो भोल्टेजको कारण उद्योगहरुमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको कारण उद्योग सञ्चालन हुन नसकी बन्द गर्नुपर्ने स्थिति आएको छ, ’न्यौपानेले भने ।

    राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगीहरुलाई गुणस्तरीय तथा निरन्तर विद्युतको आपूर्तिको व्यवस्था मिलाइ निर्वाध रुपमा उद्योग सञ्चालनको वातावरण निर्माण गर्नुपर्ने उनको माग छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले अनियमित विद्युत कटौतीका कारण उद्योगीले नोक्सानी व्यहोर्नुपरेको बताए । उनले भने, अनियमित विद्युत कटौतीका कारण उत्पादनमा समेत समस्या परिरहेको छ ।

    संघका एशोसियट सदस्य विकास गोयनकाले अघोषित विद्युत कटौतीका कारण उद्योगीले आर्थिक रुपमा नोक्सानी व्यहोर्नुपरेको र बजारमा बस्तुको आपूर्तिमा समेत समस्या रहेको बताए । उनले भने, ‘माग अनुसार वस्तु उत्पादन हुन नसके मूल्यवृद्धि हुने डर छ, त्यसका साथै उद्योग बन्द गर्न सक्ने अवस्था पनि आउन सक्छ ।’

    उद्योगी दीपक पौडेलले अघोषित विद्युत कटौतीका कारण उद्योग सञ्चालनमा समस्या रहेकोले यो समस्या समाधानतर्फ विद्युत प्राधिकरणले ध्यान दिनुपर्ने बताए ।

    विद्युत कटौतीको समस्या समाधानका लागि आग्रह गर्दै नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखा बुटवललाई ध्यानाकर्षण पत्र समेत पठाइएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।

    नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख निर्देशक इञ्जिनियर नवराज ओझाले विद्युतको उत्पादन र आयातमा आएको समस्याका कारण वितरणमा समस्या देखिएको बताए । उनले समस्या समाधान गर्न आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले समय तालिका बनाएर विद्युत वितरण गर्न वा उद्योगमा विद्युत प्रवाह गर्न प्राविधिक टोलीसँग परामर्श गरी तत्काल उपाय खोज्ने आश्वासन दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij