२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

जापान सरकारको आर्थिक सहयोगमा सामूदायिक विद्यालयमा व्यवहारिक भूकम्प सुरक्षा अभ्यास

शुक्रवार , आश्विन २३, २०८३

  • 313
    Shares
  • 313
    Shares
  • परासी, २३ असोज । जापान सरकार (मोफा) को आर्थिक सहयोगमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित चारवटा सामूदायिक विद्यालयहरूमा व्यवहारिक भूकम्प सुरक्षा अभ्यास गरिएको छ ।

    चाइल्डफण्ड जापानको सहकार्यमा तथा इन्द्रेणी सामाजिक विकास मञ्चद्वारा सञ्चालित ‘बालमैत्री तथा समावेशी शिक्षाको लागि विद्यालयको वातावरण सुधार परियोजना’ अन्तर्गत सरावल गाउँपालिकाका सामूदायिक विद्यालयहरूमा व्यवहारिक भूकम्प सुरक्षा अभ्यास गराइएको हो ।

    चाइल्डफण्ड जापानका प्रोजेक्ट म्यानेजर मनोज थारूका अनुसार विपद्को समयमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न र सुरक्षित रहने उपायबारे विद्यार्थी तथा शिक्षकहरूलाई पूर्वतयारी स्वरूप यो व्यावहारिक अभ्यास गराइएको हो ।

    परियोजना प्रबन्धक (प्रोजेक्ट म्यानेजर) बीणा कुमारी चौधरीका अनुसार विनोद नीता कंडेल आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र महेन्द्र जनता माध्यमिक विद्यालयमा उक्त अभ्यास सञ्चालन गरिएको हो  ।

    साथै यी चारवटै विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरणका लागि बृहत्तर विद्यालय सुरक्षा योजना बनाइएको छ । उक्त अभ्यासमा कुल १ हजार ७ सय ४६ जना बालबालिकाहरूको सहभागीता थियो । भूकम्प जस्ता प्राकृतिक विपद् आउँदा अपनाउनुपर्ने सुरक्षित स्थानान्तरण सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको थियो ।