२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

अहिलेको गठबन्धन बालुवा र तासको घर हो : विष्णु पौडेल

बुधवार , बैशाख १४, २०७९

भैरहवा । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अहिलको सत्तागठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताएका छन्।

बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेद्वार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चूनौति हुन नसक्ने भन्दै तर्सनुपर्ने आवश्यकता नरहेको बताए। उनले चूनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको तर्क गरे ।

पौडेलले एमालेले जित्दा मुलुकको समृद्धि र बिकास अघि बढ्ने भएकाले जनताका लािग जीत हासिल गर्नुपर्ने धारणा राखे । सरकारमा रहेका दलहरु आजका मितिमा पनि चूनाव सार्ने षडयन्त्रमा लागिरहेको उनको आरोप छ ।

उनले जतिसुकै कोसिस गरेपनि समयमा नै निर्वाचन गर्न र एमालेलाई बिजयी हुनबाट कसैले रोक्न नसक्ने दावी गरे । पौडेलले स्थानीय तहमा जितको सुरुवात गर्दै प्रदेश र केन्द्रको निर्वाचनमा बिजयी हुँदै एमालेको एकल नेतृत्वको सरकार गठन हुने बताए ।

उनले तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एमालेले शानदार बिजयी हासिल गर्ने दावी गरे।