२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

अनेरास्ववियु तिलोत्तमाको स्थानीय निर्वाचन लक्षित अभियान 

बुधवार , बैशाख १४, २०७९

भैरहवा, १४ वैशाख ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तिलोत्तमा नगरपालिका कमिटीले स्थानीय तहको निर्वाचन २०७९ लक्षित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले तिलोत्तमाको १७ वटै वडामा नयाँ थपिएका मतदाताहरुमा पुग्ने र उनीहरुलाई तिलोत्तमामा एमालेले गरेका जनपक्षीय कामहरुबारे बताउँदै मतदाता शिक्षासहित अघि बढ्ने अनेरास्ववियु तिलोत्तमाका नगर अध्यक्ष सरोज खनालले बताए । 

त्यस्तै सिर्जनशीलका माध्यमबाट विद्यार्थीहरुलाई सचेत बनाउँदै निर्वाचन केन्द्रित कार्यक्रमहरु तय गरेको छ ।

अनेरास्ववियुको नगर कमिटी, वडा कमिटी र विभिन्न कलेजका विद्यार्थीहरुलाई व्यापक परिचालन गर्ने निर्णय अनेरास्ववियु जिल्ला सदस्य अर्जुन खरेलले बताए । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य रवि सेञ्चुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।