२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

एमाले सिद्धार्थनगरको स्थानीय तह निर्वाचन निर्देशक समिति गठन

बुधवार , बैशाख १४, २०७९

भैरहवा, १४ वैशाख । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगरले स्थानीय तह निर्वाचनका लागि निर्देशक समिति गठन गरेको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई व्यवस्थित बनाउन, सभ्य बनाउन तथा सम्पूर्ण समिति तथा उपसमितिलाई निर्देशन दिने गरी निर्देशक समिति गठन गरिएको एमाले सिद्धार्थनगरले जनाएको छ । 

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलको संयोजकत्वमा १४ सदस्यीय निर्वाचन निर्देशक समिति गठन भएको छ । जसको सह–संयोजकमा प्रा.डा. कपिलदेव लामिछाने, सचिवमा राजेन्द्र प्रसाद पन्थी, सदस्यहरुमा बालकृष्ण भट्टराई, विश्वराज बराल (अनुप), पम्फावती खनाल, डासुराम पाण्डे, हितराज पन्थी, चोपलाल आचार्य, हरि प्रसाद अधिकारी, जीवलाल अर्याल, चक्र बहादुर थापा, अर्जुन गिरी र नारायण प्रसाद भण्डारी रहेका छन् । 

एमाले नेता भरत कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक परिचालन उपसमिति गठन गरेको छ । जसको संयोजकमा जीवलाल अर्याल, सदस्यहरुमा चन्द्रमणी अधिकारी (रामु), टोप बहादुर रायमाझी, राजेश खरेल र प्रेमकुमार सेञ्चुरी रहेका छन् । 

त्यसै गरी अनुगमन उपसमिति एमालेका जिल्ला उपसचिव हितराज पन्थीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ । जसको सदस्यहरुमा चोपलाल आचार्य, हरि प्रसाद अधिकारी, चक्र बहादुर थापा, अर्जुन कुमार गिरी, नारायण प्रसाद भण्डारी, कुलमणी ज्ञवाली र दिपेश पछाई रहेका छन् । 

त्यसै गरी एमालेका नगर अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षतामा ८ सदस्यीय जनसंगठन परिचालन उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा अर्जुन कुमार गिरी, नारायण प्रसाद भण्डारी, कृष्ण मल्ल ठकुरी, पार्वती पौडेल, रामप्रसाद भण्डारी र कमल पोख्रेल रहेका छन् । 

त्यसै गरी बालकृष्ण भट्टराईको संयोजकत्वमा १६ सदस्यीय बुद्धिजीवि परिचालन उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा गितु गिरी, डिल्लीराज भट्टराई, मोतीलाल सुवेदी, तिलक लामिछाने, श्री बहादुर रायमाझी, राजु ढकाल, लक्ष्मण ज्ञवाली, कुलानन्द ज्ञवाली, राममणि भूर्तेल, जगत बहादुर रायमाझी, शेषनारायण भण्डारी, धर्मबहादुर खड्का, लोकनाथ पन्थ, शिवहरि अधिकारी र इन्द्र बहादुर खड्का रहेका छन् । 

त्यसै गरी प्रचारप्रसार सामग्री तयारी उपसमिति प्रा.डा.कपिलदेव लामिछानेको संयोकत्वमा ३ सदस्यीय समिति गठन भएको छ, जसको सदस्यहरुमा विश्वराज बराल (अनुप) र राजेन्द्र प्रसाद पन्थी रहेका छन् । 

त्यसै गरी जीवलाल अर्यालको संयोजकत्वमा ४ सदस्यीय वडा प्रचारप्रसार उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा शिव शर्मा, धर्मराज गिरी र अर्जुन कुमार गिरी रहेका छन् ।