२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम

बुधवार , बैशाख १४, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १४ वैशाख ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय समन्यवात्मक बैठक सम्पन्न भएको छ । कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमअन्र्तगत बैठक भएको हो ।

    कार्यक्रममा सहभागीले खोपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । खोज्ने र खोप लगाउने अभियान चलाउने सहभागीले जनाएका छन । स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले रुपन्देहीमा खोपको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

    कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका कार्यालय प्रमुख गौरव ढकालले रुपन्देहीमा जेठ महिनाभित्र पूर्ण खोप जिल्ला घोषणा गरिने बताए । सो अवसरमा रेडक्रस रुपन्देही शाखाका कार्यालय प्रमुख कृष्ण मल्लले रेडक्रसले रुपन्देहीमा गरेका काम र अबका योजनाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

    बेलहिया नाकामा भएको हेल्थ डेस्कका बारेमा डेस्कका प्रमुख डा. अरुण शर्माले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले नाकामा संघीय सरकारको क्षेत्र भए तापनि पालिकाका हिसाबले व्यवस्थापन गर्न सकिने बताए ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका अध्यक्ष प्रेमलाल उदासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, डब्लु.एच.ओ. का प्रतिनिधि डा. श्रुति नेपाल, शाखाका कोषाध्यक्ष रुपमा हिराचन, भोला घिमिरे, जगन्नाथ कुर्मी, स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाह लगायतले बोलेका थिए ।