२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

भिजन र मिसन सहित चुनावि मैदानमा होमिए खिलध्वज पन्थी

बिहिवार , बैशाख १५, २०७९

भैरहवा । नयाँ संविधान जारी भएपश्चात दोस्रो पटक मुलुक स्थानीय तहको निर्वाचनमा होमिएको छ ।  वैशाख ३० गते हुन गइरहेको निर्वाचनको लागि यहि वैशाख ११ र १२ गते देशैभरी स्थानीय तहको विभिन्न पदहरुमा मनोनयन दर्ता गरेर चुनावी अभियानले तिव्रता पाएको छ ।

नेपाली काङ्ग्रेस गुल्मीका सभापति समेत रहेका र विकासप्रेमी नेताको रुपमा परिचित खिलध्वज पन्थी सत्तारुढ गठवन्धनको साझा उमेद्वारको रुपमा रेसुङ्गाको समग्र विकासका एजेण्डा सहित चुनावी मैदानमा उत्रिएका छन् । रेसुङ्गाका सात रङ्ग नामक योजना र ती योजनालाई मूर्त रुप दिनको लगि आफ्नो स्पष्ट कार्यदिशा सहित पन्थी चुनावी मैदानमा उत्रिएका छन् । शिक्षा स्वास्थ्य, पर्यटन,कृषि,रोजगारी,सडक, खानेपानी जस्ता विभिन्न विधामा कार्यायोजना सहित विकासको मोडल तयार गर्ने योजना प्रस्तुत गरेका छन् ।

पहिलो योजना शिक्षा अन्तरगत गुल्मीको सदरमुकाममा रहेका एकमात्र क्याम्पस रेसुङ्गा वहुमुखी क्याम्पसलाइ सम्पूर्ण दिनदुःखी र गरीवको वालवच्चाको लागि सहज पहुँचमा पुर्याउनको लागि आङ्गिक क्याम्पस वनाउने र सम्पूर्ण विद्यार्थीलाई निःशुुल्क शिक्षा प्रदान गर्ने योजना रहेका सुनाउँछन । त्यस्तै गुल्मीको विकासको कोसेढुङ्गा मानिएको सालझण्डि तम्घास सडक योजनालाई पहिलो प्राथमिकतामा राख्दै पर्यटन विकास कृषिको विविधिकरण र व्यापार सजीकरणको लागि मेरुदण्डको रुपमा रहेको यो सडक यथाशक्य निर्माण गरी समुन्नतीको द्वारको रुपमा उपयोग ल्याउने वताएका छन् ।

गरीव दिनदुःखीको निकै प्रीय खिलध्वज पन्थी आधारभूत जनताको समस्यासंग निकै नजिकवाट परिचित रहेको र ती समस्या समाधान र नगरवासिको जीवनस्तर उकास्नको लागि आय आर्जन र स्वआर्जनको वातावरण सिर्जना गरी रेसुङ्गा नगरलाइ नमूना नगरको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् ।