२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा नाक, कान घाँटीसम्बन्धि निःशुल्क शिविर

बिहिवार , बैशाख १५, २०७९

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, १५ वैशाख ।
    सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवाले हस्पिटलको सेवा विस्तार गर्दै बिरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिइरहेको छ । हस्पिटलले विभिन्न सेवा सुविधा निरन्तर रुपमा दिदै आएकोमा यही वैशाखदेखि टिचिङ्ग हस्पिटल काठमाडौंमा लामो अनुभव प्राप्त नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. महेश पोख्रेलद्वारा प्रत्येक दिन सेवा सुरु भइसकेको छ ।

    हस्पिटलले प्रदान गरिरहेको सेवाहरुमा सबै वर्गका मानिसहरुलाई उपयोगि बनाउने उद्देश्यले यही वैशाख २० गतेदेखि २७ गतेसम्मको लागि नाक, कान घाँटीसम्बन्धी परामर्श तथा जाँच सेवालाई निःशुल्क रुपमा आयोजना गरिएको हस्पिटलका मेडिकल डाइरेक्टर प्रोफेसर डा. जावेद अहमद खानले बताए ।

    स्वास्थ्य शिविरमा नाक, कान, घाँटीसम्बन्धि सम्पूर्ण समस्याहरुको जाँच तथा परामर्श गरिनुका साथै नाक, कान, घाँटी सम्बन्धि निम्न सेवाहरु प्रदान गरिने अस्पतालले जनाएको छ ।

    - नाक कान घाँटीमा अड्केको वस्तु निकाल्ने
    - अनुहार र नाकमा लागेका चोट पटकको उपचार
    - नाकबाट रगत बग्ने समस्याको उपचार
    - निन्द्रामा घुर्ने समस्याको उपचार
    - रुघा लागेर नाक बन्द भएको उपचार
    - पिनास तथा घाँटीमा टन्सिलको उपचार
    - थाईराईड तथा टन्सिलको शल्यक्रिया
    - कानको जालीको शल्यक्रिया
    - नाकको हड्डी बाङ्गो भएमा नाकको शल्यक्रिया
    - विभिन्न प्रकारका मुख तथा नाक कान घाँटीमा हुने क्यान्सरको उपचार

    त्यस्तै १ सय बेडको यस सिद्धार्थनगर सिटी हस्पिटलले निरन्तर निम्नलिखित विशेषज्ञ सेवाहरु पनि सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।

    -  हाड जोर्नी तथा नशा रोग सेवा
    -  जेनरल सर्जरी सेवा
    -  कपाल प्रत्यारोपण सेवा
    -  आइसीयू/एनआइसीयू सेवा
    - सीटी स्क्यान सेवा 
    - मोडुलर ओटी सेवा
    - अत्याधुनिक ल्याब
    - बालरोग सेवा
    - सुविधासम्पन्न स्वीट क्याबिन
    - परिवारिक वातावरणमा प्रसुति सेवा तथा महिला रोग सेवा
    - निःसन्तान दम्पतिको लागि आइभीएफ सेवा

    सिद्धार्थनगर सिटी हस्पिटलले यस क्षेत्रका बिरामीहरुलाई उत्कृष्ट हस्पिटालिटी र उपचार सेवा प्रदान गर्ने उद्देश्यमा सञ्चालित रहेको अस्पतालले जनाएको छ । हस्पिटलले यस क्षेत्रका बिरामीको आर्थिक पहुँच र क्षमतालाई अवलम्बन गरेर सबैले व्यहोर्न सक्ने सुलभ दरमा सेवा प्रदान गरिरहेको छ । यस्तो सेवा आफ्नै शहरमा उपलब्ध भएको खण्डमा बिरामीहरुलाई धेरै पैसा खर्च गरी अरु ठाउँमा वा अन्य देशमा जानुपर्ने बाध्यतालाई सकेसम्म घटाउने प्रयास गरेको अस्पतालका प्रबन्धक निर्देशक अर्जुन पौडेलले बताए ।