२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

गठबन्धनलाई समर्थन गर्दै डा.चापागाईँले लिए उम्मेदवारी फिर्ता 

शुक्रवार , बैशाख १६, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल (नेकपा एकीकृत समाजवादीका) तर्फबाट बुटवल उपमहानगरपालिकाका वडा सदस्यका उम्मेदवारले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका छन्।

    बुटवल उपमहानगरपालिका वडा नं ४ मा सदस्य पदमा उम्मेदवारी दिएका डा. बालकृष्ण चापागाईँले पार्टीको केन्द्रीय निर्देशनअनुसार गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका हुन्।

    गठबन्धनतर्फ प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे र एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेदवार रहेका चिनबहादुर गुरुङलाई जिताउन आह्वान गर्दै चापागाईले उम्मेदवारी फिर्ता लिएका हुन्।