२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

गठबन्धनलाई समर्थन गर्दै डा.चापागाईँले लिए उम्मेदवारी फिर्ता 

शुक्रवार , बैशाख १६, २०७९

बुटवल (नेकपा एकीकृत समाजवादीका) तर्फबाट बुटवल उपमहानगरपालिकाका वडा सदस्यका उम्मेदवारले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका छन्।

बुटवल उपमहानगरपालिका वडा नं ४ मा सदस्य पदमा उम्मेदवारी दिएका डा. बालकृष्ण चापागाईँले पार्टीको केन्द्रीय निर्देशनअनुसार गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका हुन्।

गठबन्धनतर्फ प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे र एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेदवार रहेका चिनबहादुर गुरुङलाई जिताउन आह्वान गर्दै चापागाईले उम्मेदवारी फिर्ता लिएका हुन्।