२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा सिद्धार्थनगर कार्यालयले गर्‍यो विभिन्न कार्यक्रम

शनिवार , बैशाख १७, २०७९

भैरहवा, १७ वैशाख ।
नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवको अवसरमा सिद्धार्थनगर कार्यालयले विभिन्न कार्यक्रमहरु आयोजना गरी भव्य रुपमा मनाएकोे छ । सिद्धार्थनगर कार्यालयको सभाकक्षमा आयोजित वार्षिकोत्सव मुल समारोहमा निर्देशक रञ्जना पण्डित पौडेलले नेपाल राष्ट्र बैंकको स्थापना कालदेखिका आरोह अवरोहको बारेमा चर्चा गर्दै डिजिटाइजेसनको युगसम्म आउँदाका चुनौतीहरु सामना गर्दै राष्ट्र बैंक समग्र वित्तीय स्थायीत्वको लागि अगाडि बढी रहेको बताइन । 

कार्यक्रममा बोल्दै राष्ट्र बैंक पूर्व कर्मचारी संघ सिद्धार्थनगर शाखा समिति अध्यक्ष शिवहरि अर्यालले बैंकले पुर्व कर्मचारीहरुको योगदानको चर्चा गर्नुका साथै पुर्व कर्मचारीहरुका समस्या लिएर अगाडि बढ्न बैंकमा क्रियासिल कर्मचारी यूनियनहरुलाई आग्रह गरे ।

त्यस्तै नेपाल राष्ट्र बैंक कर्मचारी संघ शाखा समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक शाखा समितिका अध्यक्ष देवराज ज्ञवालीले शुभकामना मन्तव्य राखेका थिए । उपनिर्देशक तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक जीवन प्रकाश पाण्डेय स्वागत तथा सहायक निर्देशक तथा अतिरिक्त क्रियाकलाप समितिका सदस्य सचिव माधवराज ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सिद्धार्थनगर कार्यालयले वार्षिकोत्सवलाई भव्य रुपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरु गठन गरी बैंकका कर्मचारीहरु, कर्मचारीका परिवार सदस्यहरु तथा लुम्बिनी प्रदेशमा रहेको विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सहभागि गराई खेलकुद, बौद्धिक तथा अन्य मनोरन्जनात्मक प्रतियोगिताहरु सञ्चालन गरी विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गरेको थियो ।

त्यस्तै अन्तरबैंक फुटबल प्रतियोगिता नेपाली सेना कालीभक्ति गणको खेल मैदानमा वैशाख १० गते आयोजना गरिएको थियो । नेपाल राष्ट्र बैंक र लुम्बिनी प्रदेशका बैक तथा वित्तीय संस्थाहरुबाट छनौट भएका ६ वटा टीमबीच विभिन्न चरणका खेलहरु भएको उक्त प्रतियोगिताको फाइनल चरणमा राष्ट्र बैंकको टीम र विकास बैंक टीमबीच प्रतिष्पर्धा भइ विकास बैंक टीमले २(० गोल गरी विजयी भएको थियो ।

त्यसै गरी बैशाख १२ गते अन्तरबैंक म्याराथन प्रतियोगिताको आयोजना गरिएको थियो । देवकोटाचोकदेखि आँखा अस्पताल हुँदै बेलहियाको पर्यटकीय गेटसम्म करिब ५ किलोमिटरको दूरीमा सम्पन्न भएको उक्त म्याराथन प्रतियोगितामा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु गरी करिब १ सय २५ भन्दा बढी सहभागी भएका थिए । प्रतियोगितामा पुरुषतर्फ नेपाल राष्ट्र बैंकका राजन थापामगर प्रथम, होम बहादुर गर्तौला द्वितीय र गरिमा विकास बैंकका संजय गुरुङ्ग तृतीय भएका थिए । त्यसै गरी महिलातर्फ नेपाल राष्ट्र बैंककै रञ्जना पण्डित पौडेल प्रथम भएकी थिइन् भने माछापुच्छ«े बैंकका पवित्रा बस्नेत द्वितीय र मेगा बैंकका हिरा पाण्डे तृतीय भएका थिए ।

त्यसै गरी कार्यालयले वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुकाबीच आयोजना गरिएका विभिन्न आन्तरिक प्रतियोगितामध्ये ब्याटमिन्टन डबल्स प्रतियोगितामा शिशिर शर्मा र सन्दिप रसाईलीको टोली प्रथम भएको थियो भने केशव श्रेष्ठ र राजन थापा मगरको टोली द्धितीय भएको थियो ।

टेबलटेनिस सिंगल प्रतियोगितामा शिशिर शर्मा प्रथम र राजन पोख्रेल द्वितीय स्थान हासिल गरी विजयी भएका थिए ।
कर्मचारीहरुको छोराछोरीहरुबीच बालचित्रकला प्रतियोगिता दुई समूहमा गराइएको थियो । समूह  ‘क’ अन्र्तगत नर्सरीदेखि कक्षा एकसम्मको प्रतिष्पर्धामा सहायक निर्देशक निर्मला दाहालकी छोरी काब्या दाहाल प्रथम, सहायक निर्देशक देवराज ज्ञवालीकी छोरी देवान्सी ज्ञवाली द्वितीय र प्रधान सहायक कमल प्रसाद आचार्यका छोरा प्रनिश आचार्य तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी समुह ‘ख’ अन्र्तगत कक्षा २ देखि कक्षा ५ सम्मको बाल चित्रकला प्रतियोगितामा प्रधान सहायक सुबाष चन्द्र चौधरीका छोरीहरु शिखा चौधरी र सृष्टि चौधरीले क्रमशः प्रथम र द्धितीय स्थान तथा उपनिर्देशक गुलाब धवलका छोरा सनम धवलले तृतीय स्थान हासिल गरेका थिए ।

त्यसै गरी कर्मचारीहरुका बीच अन्तरफांट हाजिरीजवाफ प्रतियोगितामा बैंकिङ्गफांट समुहका प्रधान सहायक कमल प्रसाद आचार्य, प्रधान सहायक केशव श्रेष्ठ र सहायक दीपक भुसालको टोली प्रथम भएको थियो । त्यस्तै मुद्रा व्यवस्थापन फांट समुह “ख” टोलीका प्रधान सहायक भविश्वर पोख्रेल, सहायक सुनिल कुमार अर्याल र सहायक कविता के.सी.को टोली द्वितीय भएको थियो ।

त्यस्तै कार्यालयका पुरुष कर्मचारीहरुका श्रीमती र महिला कर्मचारीको सहभागितामा हन्डीफोर प्रतियोगिता आयोजना गरिएकोमा सहायक नविन आचार्यकी श्रमती ज्योती अधिकारी र सहायक कविता के.सी. विजेता भएका थिए । त्यसै गरी वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुको बीच आयोजना गरिएको डोरी तान्ने प्रतियोगिताले समग्र कर्मचारीहरुमा थप उत्साहको साथ रमाइलो माहोल बनाएको थियो ।

WhatsApp Image 2022-04-29 at 12.51.18 PM.jpeg

वार्षिकोत्सवको दिन सम्पुर्ण कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।र्यालीदेवकोटाचोकस्थित नेपाल राष्ट्र बैंकको कार्यालयबाट शुरु भई आवारोड, विद्रोहीचोक, मिलनचोक, बैंकरोड हुँदै पुनः कार्यालयमा पुगेर समापन भएको थियो । प्रभातफेरी कार्यक्रमपश्चात कार्यालयको प्रांगणमा वृक्षारोपण पनि गरिएको थियो । सोही दिन अपरान्ह कार्यालयमा एक समारोह आयोजना गरी विभिन्न खेलकुद कार्यक्रमहरुका विजेता खेलाडिहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण, सहयोगीहरुलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो । सोही समारोहमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सवका सम्पूर्ण कार्यक्रमहरु समापन गरिएको थियो ।

WhatsApp Image 2022-04-29 at 12.51.07 PM.jpeg
WhatsApp Image 2022-04-29 at 12.51.23 PM.jpeg