images

शुक्रवार, चैत्र १६ गते २०८०

युवा अर्थशास्त्रीको विश्लेषण : रुपन्देहीको विकास युरोपकै मोडलमा

युवा अर्थशास्त्रीको विश्लेषण : रुपन्देहीको विकास युरोपकै मोडलमा

images
images
images
शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • युवा अर्थशास्त्रीको विश्लेषण : रुपन्देहीको विकास युरोपकै मोडलमा

    बुटवल, १७ वैशाख ।
    युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीले रुपन्देहीले युरोपको मोडलमा विकास गरेको बताएका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा विकास अर्थशास्त्रमा स्नातकोत्तर गरी २० भन्दा बढी मुलुकको अध्ययन र अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागी भएर अनुभव हासिल गरेका रेग्मीले बुटवल र सिंगो रुपन्देहीको विकासबाट आफू निकै प्रभावित भएको बताए ।

    images
    images
    images

    मुलुकको आर्थिक अवस्था, दलहरुका आर्थिक नीति, घोषणापत्रमा उल्लेख गरिएका आर्थिक नीति तथा कार्यक्रम र मुलुकको समृद्धिका अवको बाटो कस्तो हुनुपर्छ भन्ने विषयमा प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार युवा अर्थशास्त्री रेग्मीसँग अन्तरक्रिया गरेको थियो ।

    त्यसक्रममा उनले आफू बुटवल आएर यहाँको विकासको अवस्थाबारे अध्ययन गर्दा रुपन्देहीकै मोडलमा अन्य जिल्लाहरुको विकास हुन सके मुलुकमा विकासको लहर आउन धेरै समय नलाग्ने बताए । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–भैरहवा ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल, सिद्धबाबा सुरुङ मार्ग लगायतका ठूला आयोजनाहरु यहाँ सञ्चालनमा रहेछन्, यस्ता आयोजनाहरु देख्दा यहाँको विकास युरोपकै मोडलमा भएको देखिएको छ,’ उनले भने ।

    रुपन्देहीबाट सिंगो मुलुकले विकासको पाठ सिक्न सक्ने भन्दै उनले अन्तर्राष्ट्रियस्तरको विकास गरेकोमा जनप्रतिनिधिलाई उनले धन्यवाद समेत दिए । 

    २५ वर्षीय युवा अर्थशास्त्री रेग्मीले संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व खाद्य संगठनमा रहेर पनि अनुभव हासिल गरिसकेका छन् भने बेलायतस्थित ५०० अर्ब अमेरिकी डलर लगानी गर्ने संस्थामा लगानी व्यवस्थापनको काम पनि गरेका छन् । आफूले नेपाली माटो सुहाउँदो मुलुकको समृद्धिलाई नजिकबाट नियालेको भन्दै दुई छिमेकी शक्ति राष्ट्रहरुको बजारलाई नेपालले प्रयोग गर्न जान्ने हो भने धेरै उपलब्धी हासिल हुने बताए ।

    अर्थतन्त्रको पछिल्लो अवस्थाबारे चर्चा गर्दै उनले विदेशी मुद्रा संचिती, विदेशी विनियम दर, र रेमिट्यान्सको घट्दो स्थिति, व्यापार घाटा, मूल्यवृद्धि, शोधनान्तर र चालु खाताको बढ्दो आकारका कारण अर्थतन्त्रको अवस्था सन्तोषजनक रहेको उनको विश्लेषण छ ।

    विकासमा अनुदान र ऋणको आवश्यकता अहम रहेको भोलि झन् बढ्ने भन्दै अर्थशास्त्री रेग्मीले राजस्वको आधार कमजोर नै रहँदा हाम्रो ऋण बजार बिस्तारै विश्व बजारमा खुल्दै जानुपर्ने बताए । उनले दलहरुका चुनावी घोषणापत्रका आर्थिक नीतिहरुको पनि विश्लेषण गरेका थिए । सत्ता गठबन्धनले लिएको आर्थिक नीति मुलुकलाई स्थायित्व दिने खालको नदेखिएको र केवल नारा बेच्नका लागि ल्याए जस्तो देखिएको भन्दै उनले समग्रमा हेर्दा नेकपा( एमाले) को आर्थिक नीति मुलुकको स्थायीत्व र विकाससँग मेल खाने खालको देखिएको बताए ।

    ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा र यससँग जोडिएको आर्थिक नीति तथा कार्यक्रम कार्यान्वयनमा जाने हो भने मुलुकको विकासमा दूरगामी महत्व राख्छ, तर सत्ता गठबन्धनले लिएको आथिएक नीति केवल सस्तो लोकप्रियता जस्तो मात्रै देखिएको छ, ’उनले भने । उनले सधै मुलुक कृषिमा मात्र निर्भर रहन नसक्ने भन्दै कृषिलाई उद्योगसँग जोड्ने र गाउँदेखि नै रोजगारीका अवसर सिर्जना गर्ने हो भने मात्रै त्यसले जनताको मन जित्ने बताएका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij