images

शुक्रवार, बैशाख २१ गते २०८१

रुपन्देहीका उम्मेदवार मत माग्दै घरदैलोमा

रुपन्देहीका उम्मेदवार मत माग्दै घरदैलोमा

images
images
images
शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • रुपन्देहीका उम्मेदवार मत माग्दै घरदैलोमा

    रुपन्देही, १७ वैशाख ।
    स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलहरू जनतासँग मत माग्दै घरदैलोमा जुटेका छन् । विभिन्न दलहरूको चुनावी अभियानले रुपन्देहीमा निर्वाचनको रौनक छाएको छ । सत्तापक्ष गठबन्धन दल, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीलगायत दलका उम्मेदवार रंगीचंगी झण्डा बोकेर टोलटोलमा पुगेका छन् । चुनावी गीत बजाएर कार्यकर्ताका साथमा नाच्दै टोलटोलमा गएर उम्मेदवारले जनतासँग मत मागेका छन् ।

    images
    images
    images

    जिल्लामा सत्ता गठबन्धन दलका तर्फबाट बुटवल उपमहानगरपालिका प्रमुखका उम्मेदवार खेलराज पाण्डेय पनि घरदैलोमा व्यस्त छन् । बुटवलको सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने प्रतिबद्धतासहित उहाँले मतदातासँग भेटघाट गरेका छन् । आज बुटवलको वडा नं १०, १२ र ३ मा भएको घरदैलो तथा मतदातासँगको भेटघाटमा उहाँले आफूले जितेमा सबै वडामा समान ढंगले विकासको खाका कोर्ने बताए । बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्न लागिपर्ने उनको भनाइ छ । बुटवलमा कांग्रेसले नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ ।

    यता गठबन्धन दलविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको एमालेका उम्मेदवारलाई पनि मत माग्न भ्याइनभ्याइ छ । पार्टीको घोषणापत्रसहित घरदैलोमा व्यस्त एमालेका उम्मेदवारले आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक सहर, बसाइँसराइ व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माणलगायत योजनालाई चुनावी एजेण्डा बनाएका छन् ।

    अहिलेको नेतृत्वले सुरु गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिँदै बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने पहिलो एजेण्डा पार्टीको रहेको प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकोे भनाइ छ । आर्थिक राजधानी निर्माणका लागि उद्योग, व्यापारलाई अनुकूल वातावरण बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यसअनुरूपका पूर्वाधार बनाउने योजना एमालेका छन् । मोतिपुर औद्योगिक करिडोरलाई प्रभावित नागरिकको हक सुरक्षित हुने गरी कार्यान्वयन गर्न सक्दा धेरै ठूलो जनशक्ति खपत गर्न सकिने विश्वास उम्मेदवारहरूलाई छ ।

    जिल्लामा सत्ता गठबन्धन दलका तर्फबाट बुटवल उपमहानगरपालिका प्रमुखमा पाण्डे र उपप्रमुखमा एकीकृत समाजवादीका चीनबहादुर गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । पाण्डे यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए । यस्तै तिलोत्तमा नगरपालिका प्रमुखमा रामकृष्ण खाँण, उपप्रमुखमा हेमन्त पाण्डे चुनावी मैदानमा छन् । खाँण यसअघिको निर्वाचनमा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए ।

    देवदहमा बहालवाला नगरप्रमुख हीरा केसी र उपप्रमुखमा माओवादी केन्द्रबाट सुन्दरी गिरी प्रतिष्पर्धामा छन् । केसी एमालेका टीकाराम चापागाईँलाई पराजित गरेर नगरप्रमुख बनेका थिए । सिद्धार्थनगरको प्रुखमा इस्तियाक अहमद र उपप्रमुखमा माओवादीबाट कमला थापा उम्मेदवार बनेका थिए । सैनामैनाको प्रमुखमा फणिन्द्र शर्मा र उपप्रमुखमा नारायण महत तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा सजरुद्दिन खान र उपप्रमुखमा पुष्पा उपाध्याय चुनावी मैदानमा छन् । सैनामैनाका शर्मा यसअघि एमालेका चित्रबहादुर कार्कीसँग पराजित भएका थिए ।

    यस्तै सत्ता गठबन्धन दलबाट शुद्धोधन गाउँपालिका प्रमुखमा विष्णु बस्याल, सियारी गाउँपालिकामा थानेश्वर घिमिरे, कञ्चन गाउँपालिकामा नवराज ढकाल, मायादेवी गाउँपालिकामा धु्रवनारायण चौधरी, रोहणी गाउँपालिकामा बैजनाथ साहनी, सम्मरीमाई गाउँपालिकामा विनोद कुमार श्रीवास्तव चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । एमालेका तर्फबाट बुटवल उमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याल प्रतिस्पर्धामा उत्रिएका छन् ।

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा मोहन चापागाईँ र उपप्रमुखमा जागेश्वरीदेवी चौधरी, देवदह नगरपालिकाको प्रमुखमा ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, सैनामैना नगरपालिकाको प्रमुखमा चित्रबहादुर कार्की र उपप्रमुख विना राना, सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा डा. रामप्रसाद बस्याल र उपप्रमुख उमा अधिकारीले उम्मेदवारी दिएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा रमावती यादव र उपप्रमुख कल्पना हरिजनले मनोनयन दर्ता गराएर चुनावी मैदानमा छन् ।
    ओमसतिया गाउँपालिकाबाट प्रमुख मञ्जितकुमार यादव र उपप्रमुख निर्मलाकुमारी निषाद, रोहिणी गाउँपालिकाबाट प्रमुख सनोजकुमार यादव र उपप्रमुख वसन्ती पाण्डे, मायादेवी गाउँपालिकाको प्रमुखमा लाला लोध र उपप्रमुख सन्नु चाइले उम्मेदवारी दिएका छन् ।

    मर्चवारी गाउँपालिकाको प्रमुख कमलेश यादव र उपप्रमुख विन्द्रावती गौड, सम्मरीमाई गाउँपालिका प्रमुखमा मुस्लिम खान र उपप्रमुख पिंकला लोध, कोटहीमाई गाउँपालिकाको प्रमुखमा श्यामसुन्दर यादव र उपप्रमुख माया साहनी, गैडहवा गाउँपालिका प्रमुखमा सुरेन्द्र पौडेल र उपप्रमुखमा मन्जु रिजालले मनोनयन दर्ता गराएर मत माग्न घरदैलोमा छन् ।

    यसैगरी सियारी गाउँपालिकामा प्रमुखमा अयोध्या थारू र उपप्रमुखमा अमृता गुरुङ, कञ्चन गाउँपालिकाको प्रमुखमा दीनानाथ आचार्य र उपप्रमुखमा ओमकला राहडी, शुद्धोधन गाउँपालिकामा प्रमुखमा किशुनचन्द्र चौधरी र उपप्रमुखमा शान्तादेवी ज्ञवालीले उम्मेदवारी दर्ता गराएर मत माग्न व्यस्त छन् ।

    nc (1).JPG

    नेकपा (एकीकृत समाजवादी)बाट तिलोत्तमा नगरपालिकाको प्रमुख आशाकुमारी चौधरी र उपप्रमुख सञ्जीव भण्डारी चुनावी प्रतिष्पर्धामा छन् । शिक्षा, रोजगारी र स्वास्थ्यका एजेण्डा लिएर मतदातासँग पुगेको चौधरी बताउँछिन् ।

    बुटवल उपमहानगरपालिकाको प्रमुखका लागि राप्रपाबाट मृगेन्द्रकुमार शेरचन र उपप्रमुखमा भगवती पाण्डे सैंजु चुनावी मैदानमा छन् । देशको परिवर्तन र विकास लागि आफ्नो पार्टीलाई जिताउन आग्रह गर्दै घरदैलोमा जुटेको राप्रपाले जनाएको छ । भ्रष्टाचारमुक्त स्थानीय तह, सुत्केरीलाई तीन महिना भत्ता, जनतालाई छिटो–छरितो सेवा, महिला उद्योगमा छुट, कर कटौतीलगायत विषय राप्रपाका एजेण्डा हुन् । राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । 

    279159683_2362184147414378_8603081954691717462_n.jpg

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार अर्जुन कुर्मीले एक घर एक उद्यम, सिँचाइको व्यवस्था, दीर्घरोगीको निःशुल्क उपचार र युवालाई पर्यटनमुखी व्यवसायमा आवद्ध बनाउन र किशोरीलाई प्राविधिक शिक्षाको व्यवस्था गर्ने एजेण्डा बोकेर जनताको घरदैलोमा पुगेको बताए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij