मंगलवार , मंसिर १, २०८३
भैरहवा, १ मंसिर । नेपलीज सोसाइटी अफ भ्यानकुभर आइल्याण्ड (एनएसभीआई) ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ ।
संस्थाले १२ लाख ९९ हजार ८ सय १० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक संजय साहले जानकारी दिनुभयो ।
संस्थाका सदस्य, क्यानडामा रहेका नेपाली तथा क्यानडेली नागरिकको सहयोगबाट उक्त रकम संकलन भएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्दै जाने उहाँको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij