
शनिवार , बैशाख १७, २०७९
भैरहवा, १७ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सिद्धार्थनगर नगरपालिकामा चुनाव प्रचारप्रसार समितिको कार्यालय शनिबार शुभारम्भ गरेको हो ।
पार्टीको प्रचारप्रसार समितिको कार्यालय सिद्धार्थनगर–७ स्थित भैरहवा गाउँमा स्थापना गरिएको जसपाका लुम्बिनी प्रदेश सदस्य रवि कुमार रौनियारले बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता महेन्द्र यादव, सिद्धार्थनगर नगरपालिका मेयरका उम्मेदवार मात्रिका प्रसाद यादव, जसपा लुम्बिनी प्रदेश सदस्य रवि कुमार रौनियार, सिद्धार्थनगर–७ वडाअध्यक्षका उम्मेदवार विनोद विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij