२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

गठबन्धनको घरदैलोमा उत्साह : टोलटोलबाट स्वतस्फूर्त सहभागिता

आइतवार , बैशाख १८, २०७९

भैरहवा, १८ वैशाख ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले सुुरु गरेको घरदैलोमा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता हुन थालेको छ । गठबन्धनको घरदैलोमा टोलटोलबाट सर्वसाधारण स्वतःस्फुर्त सहभागिता हुन थालेका छन् । गठबन्धनका उम्मेदवार टोलमा पुुगेपछि मतदाताले घरघरमा फूल मालाले स्वागत गर्न थालेका छन् । उम्मेदवार र घरदैलोमा सहभागीलाई टीका माला लगाएर जीतको शुभकामना दिन थालेका छन् । आफ्नो घरमा आएका उम्मेदवार र कार्यकर्तालाई स्वागत गरेपछि सर्वसाधारण आफै घरदैलोमा सहभागी हुने गरेका छन् । यसले गठबन्धनको पक्षमा उत्साह पूर्ण माहोल बन्दै गएको छ ।
 
गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले आइतबार बिहान सिद्धार्थनगर वडा नम्बर ३ मा घरदैलो गरेका छन् । बिहान उक्त वडामा गठबन्धनबाट सिद्धार्थनगर नगरपालिकाका कांग्रेसबाट मेयर (प्रमुख) पदका उम्मेदवार इस्तियाक अहमद खान र माओवादी केन्द्रबाट उपमेयर (उपप्रमुख) पदकी उम्मेदवार कमला थापासहित सयौं समर्थक पुुगेका थिए । उनीहरु पुुग्नासाथ टोलामा नारा लगाएर स्वागत गरिएको थियो । 

समर्थकले ताली बनाएर वातावरणलाई उल्लासमय बनाएका थिए । मुख्य उम्मेदवार पुुगेपछि दुुवै दलका कार्यकर्तासंगै स्थानीय बासिन्दाले उम्मेदवारको पक्षमा नाराबाजी गरेका थिए । लगत्तै उम्मेदवार र समर्थकले घरदैलो सुरुवात गरेका थिए । त्यस क्रममा प्रमुख र उपप्रमुख पदका उम्मेदवारले स्थानीय बासिन्दाका समस्याबारे प्रत्येक घरमा पुुगेर जानकारी बटुलेका थिए  ।

प्रत्येक घरका समस्या नोट गरेको छुु, मेयरका उम्मेदवार इस्तियाक अहमल खानले भने, ‘चुनाव जितेपछि समस्या हल गर्न यसै गरी घरदैलो गर्नेछु । ’ पूरा गर्न नसकिने वाचा भन्दा मतदाताको दैनिक जीवनमा परिवर्तन ल्याउन तत्काल आवश्यक समस्यालाई सम्बोधन गर्न आफूू लागि पर्ने उनले बताए । 

उपमेयरकी उम्मेदवार कमला थापाले स्थानीय महिलाका समस्यालाई विशेष ध्यान दिइरहेको बताइन । घरघरै पुुगेर महिलाका समस्या बुुझिरहेको उनले बताइन । म महिलाका समस्या समाधान गर्न लागि पर्नेछुु, उनले भनिन, ‘अहिले गरेका वाचा पछि भुल्ने छैन । ’ वडाका प्रत्येक घरमा पुगेर महिलासित समस्याबारे बुुझिरहेको उनले बताइन ।

आइतबार घरदैलोमा कांग्रेसका जिल्ला, नगर र टोल समितिका पदाधिकारी र सदस्य सहभागी थिए । घरदैलोमा कांग्रेस नेताहरु एकजुट भएर सहभागी हुन थालेपछि कार्यकर्ता हौसिएका छन् । आफने व्यक्तिगत काम छाडेर कार्यकर्ता घरदैलोमा सहभागी भइरहेका छन । कांग्रेस सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्काले नेताहरु एकीकृत भएर चुनावी अभियानमा होमिएको बताए । यसले कार्यकर्तामा फरक खालको उत्साह पैदा भएको उनले बताए । अहिले कांग्रेस र माओवादी भन्दा पनि दुुवै दल एक पार्टी भएर चुनावमा होमिएकाले जित सुनिश्चित बनेको नगर सभापति खड्काले जानकारी गराए ।

उपमेयरकी उम्मेदवार थापाले आफू विजयी भएमा गठबन्धनका नेता, कार्यकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी नगरको विकासमा लाग्ने बताइन् । प्रतिगमनलाई पराजित गर्न गठबन्धन गर्नुुपरेको भन्दै उनले कांग्रेस र माओवादीका कार्यकर्ताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गरिन् । घरदैलोको सुरुवातमै देखिएको उत्साहले आफूहरुको जित सुनिश्चित भइसकेको उनले बताइन् ।