२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

कांग्रेसका क्रियाशिल सदस्य कलाम राप्रपामा प्रवेश

बुधवार , बैशाख २१, २०७९

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • भैरहवा, २१ वैशाख ।
    नेपाली कांग्रेसका क्रियाशिल सदस्य कलामुद्दीन खान (कलाम) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । खान २०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट सिद्धार्थनगर नगरपालिका–३ को वडाअध्यक्षमा उम्मेदवार भएका थिए । निर्वाचनमा उनले दोस्रो स्थान प्राप्त गरेका थिए । निर्वाचनको केही समयपछि खान नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेस परित्याग गरी उनी राप्रपामा प्रवेश गरेका छन् ।

    खानसहित स्थानीय चिराग अली, मुस्ताकिम खान लगायत गरी ५३ जना राप्रपामा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए ।

    279712341_5031486316971997_3177362218526231011_n.jpg

    उनीहरुलाई पूर्वमन्त्रीद्वय दीपक बोहोरा, निरञ्जन थापा, केन्द्रीय सदस्यद्वय वसन्त विक्रम शाही, स्वाती थापा, राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिका प्रमुखका उम्मेदवार सागर प्रताप राणा, उपप्रमुखका उम्मेदवार विनिता गुप्ता लगायतले पार्टीमा स्वागत गरेका थिए ।