
बिहिवार , बैशाख २२, २०७९
भैरहवा, २२ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका वडाहरुमा प्रचार प्रसारमा तीव्र रुपमा मत माग्दै फरक शैलीमा हिँडेका छन् मेयर हरि प्रसाद अधिकारी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मेयर पदका उम्मेदवार डा. रामप्रसाद बस्याल, उपमेयर पदका उम्मेदवार उमा अधिकारी तथा सम्पूर्ण वडाअध्यक्ष र सदस्यका उम्मेदवारलाई तीव्र रुपमा घरघरमा लैजानेदेखि, चोकचोकमा नाँच्दै मत माग्दै अधिकारीले फरक शैलीको प्रचार शैली प्रयोग गरेका छन् ।
२०७४ सालको निर्वाचनमा नगरबासीले एमालेलाई सिद्धार्थनगरमा विजयी बनाएपछि यस नगरले विकासको गति लियो अब यस क्षेत्रको विकासको अपनत्वका लागि एमालेलाई अत्याधिक मत दिएर विजयी बनाउन अधिकारीले मतदातासँग आग्रह गरेका छन् ।
‘मलाई २०७४ सालको निर्वाचनमा विजयी बनाएर जनताका काम गर्ने अवसर दिनुभयो अब यस क्षेत्रको मुहार नै फेर्नका लागि डाक्टर बस्यालको टीमलाई विजयी बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुहोस, ’मेयर अधिकारीले भने ।
एमालेले गरेका लोकप्रिय कामदेखि आफ्नो पालो कहिल्यै नआउने ठानेर आत्तिएकाहरुले केन्द्र र प्रदेशमा जनादेश प्राप्त एमाले पार्टीको सरकारलाई अपदस्थ गरी परमादेश सरकार बनाएको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए । हाम्रो विश्वास सत्तामा होइन, जनतामा छ थापा भन्छन्, ‘जनताको मत प्राप्त गर्न हामी जनताको घरदैलोमा उपस्थित भएका छौं । ’
एमालेबाट सिद्धार्थनगर प्रमुख पदका उम्मेदवार डा. रामप्रसाद बस्यालले विगतमा हरि प्रसाद अधिकारीले सुरुवात गरेका विकास निर्माणका कामलाई निरन्तरता दिँदै तीव्र रुपमा नगरको विकासमा भूमिका खेल्ने बताए ।
डा. बस्यालले सिद्धार्थनगरमा निर्वाचित भई आगामी ५ वर्षभित्रमा हाल थालिएका सबै कामलाई निरन्तरता दिँदै यस नगरलाई अझ स्वच्छ, सफा हरियालीयुक्त सुन्दर ब्यापारीक र पर्यटकीय नगरी बनाउने मतदातासंग प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमालेले स्थानीय निर्वाचन २०७९ का लागि अगाडी सारेका २६ बुँदे प्रतिबद्धताहरुलाई पुरा गर्ने दृढ लक्ष्य र उद्देश्यका साथ जनताको बीचमा आएका कारण अत्याधिक मत दिई विजयी बनाउन उपमेयरकी उम्मेदवार उमा अधिकारीले बताइन् ।
विगतमा एमालेले गरेका कामबाट अन्य दल अत्तालिएर पार्टी र सरकारलाई घेर्न पुगेको एमालेको आरोप छ । ५ वर्ष सरकार चलाउन दिएको जनादेशविपरीत पार्टीभित्र र बाहिरका जनविरोधीहरुबाट सरकार गिराई आफ्नो स्वार्थसिद्ध गर्न परमादेशको सरकार खडा गर्न पुगेको एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज बराल (अनुप) ले बताए ।
हालको गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन गर्न आलटाल गरेको र एमालेको जोडदार दबाबपछि बल्ल निर्वाचन गराउन तयार भएका कारण विकास समृद्धिका लागि एमालेलाई विजयी बनाउन पार्टीका लुम्बिनी प्रदेश सदस्य राजेन्द्र प्रसाद पन्थीको आग्रह छ ।
एमालेले निर्वाचन आफ्नो पक्षमा पर्ने दावी गरेको छ । एमालेले विगतमा गरेको विकास, एमालेप्रतिको जनलहर, पार्टीको चुस्त संगठन र सबल, सक्षम उम्मेदवार भएका कारण सिद्धार्थनगरमा सजिलै चुनाव जित्ने एमाले रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीको दावीे छ ।
एक कार्यक्रममा सांसद घनश्याम भुसालले हालसम्म एमालेको कसैसंग प्रतिस्पर्धा नै नभएको २७ गते को अलि पछिपछि छ भन्ने थाहा हुने सञ्चारकर्मीलाई बताएका थिए ।
जति चुनाव नजिकिँदै छ त्यति एमालेका नेताहरु एकताबद्ध र बलियो भएर चुनावमा होमिएको एमालेका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज चोपलाल आचार्यले बताए ।
‘सिद्धार्थनगरमा एमाले अहिले विगतभन्दा एक ढिक्का भएर अंगाडी बढेको छ हामी धेरै मतान्तरसहित चुनाव जित्दैछौं, एमालेका केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले भने । ’
एमालेबाट सिद्धार्थनगरमा मेयरका आकांक्षी रहेका भरत कुमार पोखरेल, हरि प्रसाद अधिकारी, राजेन्द्र प्रसाद पन्थी, हितराज पन्थी, नारायण प्रसाद भण्डारी, अर्जुन कुमार गिरी, जीवलाल अर्याल सबै जना एक ढिक्का भएर डा. रामप्रसाद बस्याललाई चुनाव जिताउन कम्मर कसेँर लागेका छन् । एमालेमा पार्टीमा उपमेयरका प्रत्यासी पम्फावती खनाल, सीता काफ्लेले समेत उपमेयरकी उम्मेदवार उमा अधिकारीलाई जिताउन दिन रात नभनी हिँडेका छन् ।
सिद्धार्थनगर–६ मा घरदैलो
एमालेले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गल्लामण्डी, पिपरहिया, ईद्रिसी पथ, दयापथ लगायतका विभिन्न टोलटोलहरुमा वडा नम्बर ६ बाट अध्यक्षका उम्मेदवार राम दयाल गुप्ताले सिद्धार्थनगरको दया पथमा सधै पानीले गर्दा हिलो हुनुका साथै सडकको अवस्था समेत नाजुक भएको बताए । उनले एमालेको सिंगो टिमलाई विजयी बनाएमा सडकको स्तरोन्नति समेत हुने र विकासमा सदैव जनताको साथमै रहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
ब्ततबअजmभलतक बचभब
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij