२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

एमाले रोहिणी गाउँपालिकाद्वारा प्रतिवद्धता पत्र सार्वजनिक

शनिवार , बैशाख २४, २०७९

भैरहवा, २४ वैशाख ।
नेकपा (एमाले) रोहिणी गाउँपालिकाकाले स्थानीय तह निर्वाचन २०७९ को लागि प्रतिवद्धता पत्र सावैजनिक गरेको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार सनोज कुमार यादव र उपमेयर पदका उम्मेदवार बसन्ती पाण्डेले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्रमा बेरोजगारी, गरीबी, असहाय, अपांगता भएका व्यक्तिहरुलाई रोजगारीदेखि शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारका क्षेत्रको विकासहरुमा जोड दिइएको छ । प्रतिवद्धता पत्र सार्वजनिक भए लगत्तै उम्मेदवारहरु घरदैलो अभियानमा लागेका छन् ।

यस्ता छन् प्रतिवद्वता पत्रमा समावेश गरिएको बुंदाहरु

–  बेरोजगारी, गरिबी, अपांग, असहाय दलितलाई लक्षित गरी पाँच जनालाई रोजगार र व्यवसायमा सामिल गराइनेछ ।

–  रोहिणी गाउँपालिकाअन्तर्गत रहेका विद्यालयबाट एसईई परीक्षा उत्र्तीण गरेका छात्रालाई साईकल दिएर सम्मान गरिनेछ ।

–  कृषि पेशालाई आधुनिक एवं व्यवसायीकरण गरी आकर्षक पेशाको रुपमा विकास गरिनेछ । कृषकलाई उन्नत जातको बिउबिजन, मलखाद सहज सर्वसुलभ रुपमा वितरण गरिनेछ । साथै कृषि सिचाईको लागि कुलो नहर निर्माण गरी टयुबवेल बोरिङको व्यवस्था गरी कृषिजन्य वस्तुको भण्डारणर बजारीकरण गर्न कृषि बजार र विक्रीवितरणको व्यवस्था गरिनेछ ।

– गाउँपालिकावासीहरुकै सहभागितामा नगर विकासको गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।

– पाँच वर्षभित्र यस गाउँपालिकाका सबै भित्री बाटो, सडक, पीच गरी नाला तथा ढल निकासलाई व्यवस्थित गर्दै वर्षायाममा हुने डुबानका समस्याहरुलाई पूर्ण रुपमा समाधान गरिनेछ ।

– गाउँपालिकाभित्र रहेका सरकारी विद्यालयको भौतिक एवं शैक्षिक रुपमा स्तरउन्नति गरिनेछ ।

– कृषि पेशालाई आधुनिक एवं व्यवसायीकरण गरी आकर्षक पेशाको रुपमा विकास गरिनेछ ।

– उन्नत जातको गाई, भैसी, कुखुरा, बाख्रा, माछापालनको लागि व्यवसायीकरण गर्न कृषकहरुलाई प्रोत्साहन तथा अनुदानको व्यवस्था मिलाइनेछ । कृषि बीमाको उचित व्यवस्था गरिनेछ ।

– कृषिलाई आधुनिकीकरण गर्न माटो परीक्षण, वाली परीक्षण गर्न कृषक विशेषज्ञ र पशु चिकित्सकको व्यवस्था गरिनेछ ।

– कृषि ऋण मिन्हाको लागि आवश्यक पहल गरिनेछ ।

– बेरोजगार युवायुवती, महिलाहरुलाई विभिन्न किसिमका सीपमुलुक, आयआर्जन र रोजगारमुलक तालिमहरु सञ्चालन गरिनेछ । विद्युत सेवा, सञ्चार सेवाका लागि आवश्यक पर्ने पोल, तार, टावर निर्माणको लागि पहल गरिनेछ ।

– गरीब र विपन्न वर्गलाई उचित बसोबासको लागि जनता आवास कार्यक्रम प्रभावकारी रुपमा लागु गरिनेछ ।

– रोहिणी गाउँपालिकालाई स्मार्ट सिटी र मेट्रो सिटीको रुपमा विकास गरिनेछ ।

– गाउँपालिकाभित्रका लोपोन्मुख समुदाय पिछडा वर्ग, दलित, मुस्लिम, मधेशी, आदिवासी, जनजाति तथा विपन्न नागरिकको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

– घरेलु हिंसा र बालविवाह निरुत्साहित गर्न र पूर्ण रुपमा रोक्न विशेष किसिमको व्यवस्था मिलाइनेछ ।

– गृहिणी महिलाहरुको सीप विकास र आर्थिक आयआर्जनका लागि विशेष कार्यक्रम संचालन गरिनेछ ।

– मठ मन्दिर, चर्च र गुम्बा, आश्रम तथा मस्जिद, मदरसाहरुको संरक्षण गर्न विशेष पहल गरिनेछ ।

– मदरसाहरुमा गुणस्तरीय शिक्षा र भौतिक निर्माणका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।

– मसानघाट, कब्रस्थानहरुलाई व्यवस्थित गरिने छ साथै सार्वजनिक जग्गा, पोखरी कुँवा, इनारको संरक्षण गरिनेछ ।

– वर्षौदेखि जोतभोग गरी आएका किसानको नाममा दर्ता हुन छुट भएका जग्गा नापीदर्ता र जग्गाधनी प्रमाणपत्र पूर्जा वितरणका लागि पहल गरिनेछ ।

– गाउँपालिकाभित्रका प्रत्येक वडाा सहकारी दर्ताको व्यवस्था मिलाइनेछ ।

– गाउँपालिकावासीहरुको सूचना र मनोरञ्जनको लागि रेडियो, एफ.एम, टेलिभिजन सञ्चालन गरिनेछ ।

– अमवा तथा बुच्ची बरेवा छोटी भन्सार सञ्चालन गर्न पहल गरिनेछ ।

– मजदूरको हकहितका लागि उचित पारिश्रमिक निर्धारण गरिनेछ ।

– बालबालिका, महिला, दलित, मधेसी, मुस्लिम, थारु, आदिवासी, जनजाति, लगायतका लक्षित वर्गको लागि छुट्टै कोषको निर्माण गरी प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ 

– सामुदायिक वनको विकास तथा संरक्षण गरिनेछ । रोहिणी नदीको किनारमा रहेको गौतमबुद्घ सामुदायिक पार्कको विकास तथा संंरक्षण गरिनेछ ।

– नदी कटानबाट भुक्ष्य तथा जग्गा विनाशको कार्य रोकथाम गर्न तटबन्ध निर्माण गरिनेछ ।

– रोहिणी गाउँपालिकाभित्र सुविधासम्पन्न १५ शैया अस्पतालको स्थापना गरिनेछ ।

– जनस्तरमा उत्पन्न भएको विवादलाई न्यायीक समितिमार्फत छिटोछरितो समाधानको व्यवस्था मिलाइनेछ ।