
शनिवार , बैशाख २४, २०७९
भैरहवा, २४ वैशाख ।
गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बिहान भैरहवाको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेका छन् । गृहमन्त्रीसहित सिद्धार्थनगरका गठबन्धनका उम्मेदवार कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार इस्तियाक अहमद खान, माओवादी केन्द्रको तर्फबाट उपमेयरका उम्मेदवार कमला थापा लगायत भद्रभलाद्मीहरुले बैदिक परम्परा अनुसार पूजा गर्दै विश्व शान्ति, देश तथा नगरबासीको सुख, समृद्धिको कामना गर्दै पुूजाअर्चना गरेका हुन् ।
सो अवसरमा बोल्दै गृहमन्त्री खाँणले देश विकासका लागि सबै जातजाति धर्म, संस्कृति भन्दा माथि उठेर लाग्नुुपर्ने बताए । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेष खाले परम्परा रहेको भन्दै सबै धर्मालम्वीहरुले एकले अर्कालाई सम्मान गर्नुुपर्ने बताए । धर्म, जातजाति, क्षेत्रीयता, लैंगिकता, भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भन्ने त्यसलाई सीमित व्यक्तिलाई फाइदा पु¥याए पनि आम नागरिकलाई बेफाइदा पुु¥याउने उनले बताए । यस्ता क्रियाकलाप सामाजिक र कानूनी रुपमा समेत बर्जित रहेको उनले बताए । यदि कसैले समाज र कानूनविपरीतका यस्ता गतिविधि गर्छ भने आम नागरिक बेलैमा सचेत हुनुुपर्नेमा उनले जोड दिए ।
मेयर पदका उम्मेदवार खानले सबै धर्म, जातजातिप्रति आफ्नो उच्च सम्मान रहेको बताए । उनले जातजाति, धर्म, संस्कृतिको आधारमा समाज विभाजित हुुन नहुुने भन्दै विकास र समृद्धिका लागी सबैले हातेमालो गरेर अगाडी बढ्नुुपर्नेमा जोड दिए ।
‘कतिपय अवस्थामा हाम्रो समाज अझै पनि जातजाति, धर्मसंस्कृतिका आस्थाका आधारमा विभाजित छ, यसले हाम्रो समाजलाई राम्रो होइन्, नराम्रो बाटोतिर डोर्याउँछ’, उनले भने, ‘हामीले सबैको आस्थालाई सम्मान गर्दै समाज र मुलुक रुपान्तरणमा लाग्नुछपर्छ । तब मात्रै विकसित र समृद्ध समाज निर्माण गर्न सकिन्छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij