images

शुक्रवार, चैत्र १६ गते २०८०

‘हाम्रो उम्मेदवारीले जनतामा उत्साह आएको छ’

‘हाम्रो उम्मेदवारीले जनतामा उत्साह आएको छ’

images
images
images
मंगलवार, बैशाख २७ २०७९
मंगलवार, बैशाख २७ २०७९
  • ‘हाम्रो उम्मेदवारीले जनतामा उत्साह आएको छ’

    भैरहवा, २७ वैशाख ।
    यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । विभिन्न राजनीतिक दलका उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । आज (मंगलबार) राती १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न अझ व्यस्त देखिन्छन् ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा पनि चुनावी प्रचारप्रसारले तीव्रता पाएको छ । यसपटक एमालेले रामदयाल गुप्तालाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षको उम्मेदवार भइ दोस्रो स्थान प्राप्त गरेका गुप्ता अहिले भने जित्ने पक्का भइसकेको स्थानीयको आंकलन छ । विगत २० वर्षदेखि सिद्धार्थनगर–६ मा रहेर वडाबासीको सेवामा निरन्तर लागेका गुप्ता गत स्थानीय निर्वाचनमा दोस्रो स्थान प्राप्त गरी पराजित भए पनि उनले हिम्मत हारेनन् । बरु निरन्तर राजनीति, समाजसेवा र जनताको सेवामा लागरहे । यस कारणले पनि उनले यसपटकको निर्वाचन जित्ने सम्भावना बढ्दै गएको छ ।

    सिद्धार्थनगर–६ का एक स्थानीयले भने, ‘अहिले वडा नम्बर ६ मा सबैभन्दा बलियो पार्टी एमाले छ, अझ एमालेले सशक्त र विकासप्रेमी नेता राम दयाल गुप्तालाई उम्मेदवार बनाएकाले गुप्तासहित उहाँको टीमले जीत हासिल गर्ने सुनिश्चित देखिन्छ ।’

    वडाअध्यक्षका उम्मेदवार गुप्ताले घरदैलोमा जाँदा आफू र आफ्नो टीमलाई जिताउने कुरा वडाबासीबाट प्रतिक्रिया पाइरहेको बताए । उनले भने, ‘साविक विष्णुपुरा गाविसका प्रधानपञ्च बुवा स्व. सहदेव गुप्ताको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेको हुँ, म निरन्तर जनताको सेवामा लागिपरेको छु, जनताले अवश्य नै मेरो मुल्यांकन गर्नुहुनेछ । ’ वडाबासीको अमूल्य मत नै आफ्नो जीतको आधार भएको उनको भनाइ छ । उनले भने, ‘हाम्रो उम्मेदवारीले जनतामा उत्साह आएको छ ।’

    विगत ५ वर्ष वडामा निर्वाचित जनप्रतिनिधिबाट के कति काम भए भन्ने कुरा जनतालाई राम्रोसँग जानकारी भएकाले आफूले यसबारे अहिले केही नभन्ने उनले बताए । ‘वडाको विकासका लागि उम्मेदवारी दिएको हुँ, ’उनले भने ।

    नेकपा (एमाले) बाट वडाअध्यक्षमा उम्मेदवारी दिएका गुप्ताको प्यानलमा २१ वर्षिय युवती स्वेता कुमारी हरिजन दलित महिला सदस्यमा प्रतिष्पर्धा गर्नेछिन् । एमालेले २१ वर्षिय युवतीलाई वडा सदस्यको उम्मेदवार बनाएपछि उनको विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालमा समेत चर्चा भएको छ । एमालेले युवालाई प्रोत्साहन गरेको भन्दै पार्टीको समेत प्रशंसा भएको छ । एमालेबाट वडा सदस्यमा अनिता थापा, मोहम्मद अकिल मुसलमान र रामप्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

    सिद्धार्थनगर–६ मा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा विरेन्द्रनाथ श्रीवास्तवले उम्मेदवारी दिएका छन् । उनी गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित भइ पुनः वडाअध्यक्षमा प्रतिष्पर्धा गर्दैछन् ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अधिवक्ता दिलिप कुमार मल्लिक, नेकपा (माओवादी केन्द्र)बाट इस्तेहाक अहमद मुसलमान, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट सियाराम यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट कृपा शंकर मल्लाह, राष्ट्रिय जनमोर्चाबाट कबिराम भट्टराई, जनमत पार्टीबाट विकल चन्द जैयसवाल, नेपाल जनता पार्टीबाट रंजन कुमार चौधरी कायस्त र राष्ट्रिय जनमुक्ति पार्टीबाट सुनिल सिंह क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

    सिद्धार्थनगर–६ को विश्लेषण गर्दा कांग्रेस, एमाले र राप्रपाका उम्मेदवारबीच प्रतिष्पर्धा हुने देखिएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij