२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

सिद्धार्थनगर–५ मा क्रियापुत्रले गरे मतदान

शुक्रवार , बैशाख ३०, २०७९

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, ३० वैशाख ।
    शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा क्रियापुत्रले मतदान गरेका छन् । सिद्धार्थनगर–५ सेवापथ निवासी सुनिल जि.सी.ले भैरहवा नमूना माध्यमिक विद्यालयमा पुगेर मतदान गरेका हुन् । उनको आमा माया जि.सी.को तीनदिन अघि निधन भएको थियो ।

    सुनिलसँगै उनकी श्रीमती पुनम जि.सी.ले पनि मतदान गर्नुभएको नेकपा (एमाले)को तर्फबाट वडाअध्यक्षका उम्मेदवार चेत बहादुर क्षेत्रीले बताए ।