
आइतवार , जेठ १, २०७९
भैरहवा, १ जेठ ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार पल्टु लोध निर्वाचित भएका छन् । लोधले ७२२ मत पाएर विजयी भएका हुन् ।
लोधका निकटतम् प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपाल (जसपा) का तप्पनाथ पाण्डेले ५८८ मत ल्याएका छन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा लोध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मायादेवी–१ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij