
आइतवार , जेठ १, २०७९
भैरहवा, १ जेठ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार राजेश तेली (गुप्ता) निर्वाचित भएका छन् ।
गुप्ताले ६९५ मत पाएर विजयी भएका हुन् । गुप्ताका निकटतम् प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अभिजित कुमार त्रिपाठी (चन्दन तिवारी)ले ४७७ मत ल्याएका छन् ।
त्यस्तै लोसपाबाटै महिला सदस्यमा इन्द्रावती लोनिया, दलित महिला सदस्यमा प्रेमशिला हरिजन, वडा सदस्यमा चिन्नीलाल कोहार र ब्रम्हदेव यादव निर्वाचित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij