२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउन विश्व समुदायलाई प्रधानमन्त्री देउवाको आह्वान

सोमवार , जेठ २, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • लुम्बिनी। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउन विश्व समुदायलाई आह्वान गरेका छन्।

    बुद्ध पूर्णिमाको अवसर पारेर भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब लुम्बिनी सिधै विश्व समुदायसँग जोडिएको बताए।

    लुम्बिनी अब विश्व समुदायसँग सिधा हवाई मार्गमार्फत जोडिएको छ, उनले भने, "यसले लुम्बिनीमा पर्यटक आवागमनमा सहज हुनेछ, देशको आर्थिक विकासमा समेत टेवा पुराउनेछ।" उनले हवाई  उड्ड्यन क्षेत्रमा फड्को मारेको बताएका छन्।

    प्रधानमन्त्री देउवाले विमानस्थल सञ्चालनले मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र लुम्बिनी क्षेत्रको पर्यटनमा समेत परिवर्तन ल्याउने बताए।