२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

छत्रकोट र सत्यवतीमा एमाले विजयी

सोमवार , जेठ २, २०७९


तम्घास, २ जेठ ।
गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट रामप्रसाद पाण्डेले ६ हजार ५८६ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४५ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै सावित्रा ज्ञवालीले ६ हजार ४७२ मतसहित निर्वाचित भइन् भने उनको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले पाँच हजार १२४ मत ल्याए । छत्रकोटमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन थियो । 
पालिकाकाको ६ वटा वडामध्ये वडा नम्बर १, २ र ५ कांग्रेसले जितेको छ भने ३, ४ र ६ मा एमालेले जितेको छ । त्यसै गरी सत्यवती गाउँपालिकामा एमालेकै टिकाराम पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । उनले ६ हजार २६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पाँच हजार ६११ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै निरमाया पुन ६ हजार २२४ मतसहित विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तेजकुमारी थापाले पाँच हजार ५६१ मत ल्याइन् । सत्यवतीका आठवटा वडामध्ये पाँचमा एमाले, दुईमा कांग्रेस र एक वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् । रासस