२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सिद्धार्थनगरमा माओवादी नील, प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

बुधवार , जेठ ४, २०७९

भैरहवा, ४ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार उमा अधिकारी निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एउटा वडा सदस्य जितेको नेकपा (माओवादी केन्द्र)ले यसपटक एउटा वडामा सदस्य समेत जित्न सकेन । त्यतिबेला माओवादीले सिद्धार्थनगर-२ मा एउटा वडा सदस्य जितेको थियो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भए पनि माओवादीका उम्मेदवार कमला थापा पराजित भएकी छन् । गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार उमा अधिकारी उपप्रमुखमा निर्वाचित भएकी छन् । वडामा भने गठबन्धनमा रहेका दलहरु एक्लाएक्लै प्रतिष्पर्धामा उत्रिएका थिए । सिद्धार्थनगरमा रहेका १३ वडामा माओवादी केन्द्रले सदस्य समेत जित्न सकेको छैन । 
सिद्धार्थनगरमा नेपाली कांग्रेसले ५, नेकपा (एमाले)ले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ र जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले एउटा वडा जितेको छ ।