
बिहिवार , जेठ ५, २०७९
भैरहवा, ५ जेठ ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का उम्मेदवार विद्या प्रसाद यादव विजयी भएका छन् । यादव ७ हजार ४ सय ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ताहिर अलि भाटले ६ हजार ४ सय ५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा राप्रपाकी उम्मेदवार शिवकान्ति चमार ६ हजार १ सय ५४ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी जसपाकी रिमा मिश्राले ५ हजार ९ सय २ मत प्राप्त गरेकी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij