
बिहिवार , जेठ ५, २०७९
भैरहवा, ५ जेठ ।
रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । चौधरी ५ हजार ३ सय ८६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार राम अधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि चौधरी मायादेवी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदा देवी उपाध्याय ४ हजार ९ सय ४२ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरेकी छन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यादव गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएकी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij