२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सिद्धार्थनगर–१२ को अध्यक्षमा एमालेका कुमार गुरुङ विजयी

बिहिवार , जेठ ५, २०७९

भैरहवा, ५ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कुमार गुरुङ विजयी भएका छन् । गुरुङ ६५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका करुन्जन कुमार श्रेष्ठले ५५६ मत प्राप्त गरेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गुरुङ सिद्धार्थनगर–१२ को वडा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै श्रेष्ठ वडाअध्यक्षमा निर्वाचित भएका थिए ।