२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

मध्यविन्दु नगरपालिकामा एमाले विजयी

बिहिवार , जेठ ५, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • नवलपुर, ५ जेठ ।
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित भएका छन् । अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गरे । 

    उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित भएकी छन् । चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गरिन् । १५ वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा ५ मा कांग्रेस निर्वाचित भएको छ ।