२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

मिनीट्रक दुर्घटना हुुँदा घाइते भएकाहरुलाई भेट्न पुगे राप्रपा वरिष्ठ नेता बोहरा

शुक्रवार , जेठ ६, २०७९

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, ६ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुर्जमन अहिर (यादव)को प्यानल निर्वाचित भएपछि विजयी उत्सव मनाउने क्रममा मिनीट्रक दुर्घटना हुँदा घाइते भएकाहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    बिहीबार भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)मा पुगेर उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे नेता बोहराले जानकारी लिएका छन् । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । घाइतेहरुलाई भेट्न बोहरासँगै राप्रपाका केन्द्रीय सदस्य स्वाती थापा, पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायत नेता कार्यकर्ता युसीएमएस पुगेका थिए । आइतबार भएको दुर्घटनामा २६ जना घाइते भएका थिए ।