
शुक्रवार , जेठ ६, २०७९
भैरहवा, ६ जेठ ।
रुपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्षमा जनता प्रगतिशिल पार्टीका उम्मेदवार गया प्रसाद बरई विजयी भएका छन् । बरई ४ हजार ३ सय ८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ज्ञान प्रकाश मिश्राले ३ हजार २ सय ४५ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसबाट टिकट नपाएपछि बरई जनता प्रगतिशिल पार्टीमा प्रवेश गरी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।
त्यस्तै उपाध्यक्षमा जनता प्रगतिशिल पार्टीकै आशा सिंह विजयी भएकी छन् । सिंहले २ हजार ९ सय ६५ प्राप्त गरी विजयी भएकी हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सुमन यादवले २ हजार ४ सय मत प्राप्त गरिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij