images

बुधवार, बैशाख १२ गते २०८१

गया बरई : जसलाई कांग्रेसले पत्याएन, मतदाताले पत्याए

गया बरई : जसलाई कांग्रेसले पत्याएन, मतदाताले पत्याए

images
images
images
शुक्रवार, जेठ ६ २०७९
शुक्रवार, जेठ ६ २०७९
  • गया बरई : जसलाई कांग्रेसले पत्याएन, मतदाताले पत्याए

    भैरहवा, ६ जेठ । 
    रुपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्षमा जनता प्रगतिशिल पार्टीका उम्मेदवार गया प्रसाद बरई निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार ज्ञान प्रकाश मिश्रालाई ११४० अन्तरले पराजित गर्दै बरई विजयी भएका हुन् । बरईले ४ हजार ३ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी मिश्राले ३ हजार २ सय ४५ मत प्राप्त गरे ।

    images

    मर्चवारी नै जनता प्रगतिशिलले जितेको रुपन्देहीको एक मात्र पालिका हो । जनता प्रगतिशिललाई यो सफलता दिलाउने ४५ वर्षिय गया भने यस अघि नेपाली कांग्रेसमा आबद्ध थिए ।

    गाउँपालिका अध्यक्ष पद उम्मेदवारको आंकाक्षी भए पनि बरईलाई कांग्रेसले टिकट नदिएपछि उनी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीमा आबद्ध भइ मर्चवारी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बने । पार्टीले आफूलाई मुल्यांकन नगरेको बताउने उनी यसपटक चुनाव जित्ने रणनीतिमा थिए ।

    बरईसँगै गाउँपालिका उपाध्यक्षमा पनि जनता प्रगतिशिल पार्टीकै उम्मेदवार आशा सिंह विजयी भएकी छन् । कांग्रेस उम्मेदवार सुमन यादवलाई ५५६ अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन् । सिंहले २ हजार ९ सय ६५ मत प्राप्त गरिन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसको उम्मेदवार यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन् ।

    त्यस्तै मर्चवारी गाउँपालिका वडा नम्बर ५ मा पनि जनता प्रगतिशिल पार्टीका उम्मेदवार ५४४ मत प्राप्त गरी कुष्ण कुमार सिंह वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

    मर्चवारीका नवनिर्वाचित अध्यक्ष बरईले गाउँपालिकाको विकासको लागि आफू लागिपर्ने बताए । उनले जनताको अमूल्य मतबाट आफू निर्वाचित भएकाले जनताको पक्षमा काम गर्ने बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij