भैरहवा, ६ जेठ ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुरेन्द्र पौडेल विजयी भएका छन् । पौडल ५ हजार ६ सय ३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बसि उल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी भएकी छन् । जैसवालले ४ हजार ७ सय ५७ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मन्जु न्यौपानेले ४ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।
त्यस्तै गैडहवा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका प्रदिप कुमार चौधरी, २ मा जनमत पार्टीका सराजुद्वीन धुनिया, ३ मा स्वतन्त्र उम्मेदवार राम अजोर यादव, ४ मा कांग्रेसका सुरेन्द्र सिंह कुर्मी, ५ मा कांग्रेसकै विजय कुमार शर्मा, ६ मा कांग्रेसका राजकुमार लोध, ७ मा जनमत पार्टीका लाल बहादुर केवट, ८ मा एमालेका भुवन बहादुर राना मगर र ९ मा मीना क्षेत्री विजयी भएका छन् ।