images

शुक्रवार, बैशाख १४ गते २०८१

सम्मरीमाईको अध्यक्षमा कांग्रेसका विनोद श्रीवास्तव निर्वाचित

सम्मरीमाईको अध्यक्षमा कांग्रेसका विनोद श्रीवास्तव निर्वाचित

images
images
images
शनिवार, जेठ ७ २०७९
शनिवार, जेठ ७ २०७९
  • सम्मरीमाईको अध्यक्षमा कांग्रेसका  विनोद श्रीवास्तव निर्वाचित

    भैरहवा, ७ जेठ ।
    रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विनोद श्रीवास्तव र उपाध्यक्ष कुमारी प्रियंका शाही सिंह विजयी भएका छन् । श्रीवास्तवले ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ३ हजार ५ सय २ मत प्राप्त गरेका छन् ।

    images

    त्यस्तै उपाध्यक्षमा निर्वाचित सिंहले ४ हजार ४ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की बिन्द्रावती गुप्ताले ३ हजार ३ सय ४ मत प्राप्त गरिन् ।  

    त्यस्तै सम्मरीमाई वडा नम्बर १ मा कांग्रेसका शिव कुमार यादव, २ मा लोसपाका अजय कुमार गुप्त बनिया, ३ मा कांग्रेसका अदहम अली देवान, ४ मा कांग्रेसका दिवाकर प्रसाद दुवे, ५ मा माओवादी केन्द्रका श्रवण कुमार यादव, ६ मा माओवादीकै तौलन केवट र वडा नम्बर ७ मा लोसपाका राधेश्याम कुर्मी विजयी भएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij