images

शुक्रवार, बैशाख १४ गते २०८१

सामूहिक विद्यालय परिवार एवं भद्रचार्य फाउण्डेशनको आयोजनामा वक्तृत्वकला प्रतियोगिता

सामूहिक विद्यालय परिवार एवं भद्रचार्य फाउण्डेशनको आयोजनामा वक्तृत्वकला प्रतियोगिता

images
images
images
शनिवार, जेठ ७ २०७९
शनिवार, जेठ ७ २०७९
  • सामूहिक विद्यालय परिवार एवं भद्रचार्य फाउण्डेशनको आयोजनामा  वक्तृत्वकला प्रतियोगिता

    भैरहवा, ७ जेठ ।
    सामूहिक विद्यालय परिवार रुपन्देही एवं भद्रचार्य फाउण्डेशनको आयोजनामा शुक्रबार भैरहवामा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । २५६६ औं बुद्ध जयन्तीको अवसरमा ‘वर्तमान समयमा बुद्ध दर्शन’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तथा सामूहिक विद्यालय परिवारका कार्यसमिति सदस्य प्रमोद यादवले बताए । कार्यक्रममा १० वटा विद्यालयका ८ छात्र र १० छात्रा गरी १८ जना विद्यार्थीहरुको सहभागिता रहेको यादवले जानकारी दिए ।

    images

    प्रतियोगितामा छात्रतर्फ संजिवनी शिक्षा सदनका अंश कसौधन प्रथम, मिनर्वा इङलिस हाई स्कूलका अक्क्षर गौचन द्वितीय, नेपाल नालन्दा मा.वि.का सुसन कंडेल तृतीय र युनिभर्सल पब्लिक हाई स्कूलका सम्राट पोखरेल सान्त्वना भएको सामूहिक विद्यालय परिवारका सचिव चन्द्रप्रकाश न्यौपानेले बताए । 

    त्यस्तै छात्रातर्फ नेपाल नालन्दाकी आयुषा ज्ञवाली प्रथम, संजिवनी शिक्षा सदनकी रश्मी गैरे द्वितीय, युनिभर्सल पब्लिककी रिमा खत्री तृतीय र लुम्बिनी शिक्षा निकेतनकी सुप्रिया मिश्रा सान्त्वना भएको न्यौपानेले जानकारी दिए । 

    प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ७ हजार ५ सय, द्वितीयलाई ५ हजार, तृतीयलाई २ हजार ५ सय र सान्त्वना हुनेलाई १ हजार तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । 

    प्रतियोगितामा निर्णायकको भूमिकामा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले तथा लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई रहेका थिए ।

    प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षाविद् बालकृष्ण भट्टराईले बुद्धका ज्ञान र उपदेशबाट जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिए । 

    त्यस्तै सामूहिक विद्यालय रुपन्दहीका अध्यक्ष उदय कुमार मल्लिकले बुद्धको दर्शनले मानिसको मन मस्तिस्कलाई नियन्त्रणमा राखी जीवनलाई सफलतातर्फ उन्मूख गराउने बताए ।

    भद्रचार्य फाउण्डेशनका अध्यक्ष टुल्कु कुंगा छयो साङ लामाले सबै धर्मको सम्मान गर्नुपर्ने बताए । उनले राम्रो संस्कार भुल्न नहुने बताए । उनले भने, ‘शिक्षाले मात्र पुग्दैन संस्कार पनि चाहिन्छ ।’

    सामूहिक विद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता, कार्यक्रम संयोजक प्रमोद यादवको स्वागत तथा परिवारका सचिव चन्द्रप्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij