२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

माओवादी केन्द्र सैनामैनाका उपाध्यक्ष पछाईद्वारा पार्टीबाट राजीनामा

शनिवार , जेठ ७, २०७९

रुपन्देही, ७ जेठ ।
नेकपा (माओवादी केन्द्र) सैनामैना नगरसमितिका उपाध्यक्ष दिपक पछाईले पार्टीबाट राजीनामा दिएका छन् । हालै सम्पन्न स्थानीय तहको चुनावमा गठबन्धन भित्रको केही अराजक तत्वहरुले माओवादीलाई हराउन लागेको र माओवादी केन्द्रबाट निर्वाचित केही नवजनप्रतिनिधिहरुले कामको सही मुल्याकंन नगरी घमण्ड देखाएको आरोप लगाउँदै नगर उपाध्यक्ष पछाईले राजीनामा दिएका हुन् ।
आज एक विज्ञप्तीमार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरी अलग भएको र आफु स्वतन्त्र नागरिकको रुपमा रहने समेत राजीनामा पत्रमा उल्लेख गरिएको छ ।