images

शनिवार, बैशाख ८ गते २०८१

स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन

स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन

images
images
images
शनिवार, जेठ ७ २०७९
शनिवार, जेठ ७ २०७९
  • स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन

    रुपन्देही, ७ जेठ । 

    images
    images
    images

    लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान पुर्याउन आवश्यक रहेको बताएका छन् । नेपाल भेटेरीनरी एशोसिएन लुम्बिनी, युएस सोयाविन एक्सपर्ट काउन्सिल र रोटरी क्लब अफ सेन्ट्रल बुटवलले संयुक्त रुपमा रुपन्देहीको कोटिहवामा आयोजना गरेको प्रोटिनको अधिकार विषयक कार्यक्रममा बोल्दै उनले स्वस्थकर जीवन विताउन गलत आनीबानी परिवर्तन गर्न आग्रह गरे ।

    “खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा व्यवस्था गरेको छ तर देशका दुर्गम ठाउँमा खानै पुग्दैन”, उनले थपे। कानुनमा मात्रै अधिकारको व्यवस्था भए पनि कार्यान्वयन नहुँदा तयो काननुनको कुनै अर्थ नभएको उनको भनाइ छ ।

    प्रमुख शेरचनले पौष्टिकयुक्त आहारका लागि सरकारले उचित बजेट व्यवस्था गरेको भएपनि नागरिकले त्यसको फाइदा लिन नसकेको धारणा राखे । “कुनै वयक्तिले सम्पत्तिमाथि सम्पत्ति थुपारेका छन् तर कतिवयले खानै पाएका छैनन् त्यसप्रति हाम्रो ध्यान गएको छैन । यो दुःखद विषय हो । यसलाई सचेत नागरिकबाट परिवर्तन गर्नुपर्छ ”,उनले भने।

    प्रदेश योजना अयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले पोषणयुक्त खानेकुरासँगै जनचेतना आवश्यक रहेको बताए । गरिबीका कारण अझै पनि कतिपय नागरिकले खान नपाउने अवस्था रहेको बताउँदै लुम्बिनी प्रदेशमा मात्रै १८ प्रतिशत कुपोषण रहेको जानकारी दिए। “संघीय सरकारले मात्रै पोषण कार्यक्रमका लागि एउटा पालिकामा ८० लाखसम्म बजेट विनीयोजन गरेको छ तर कार्यक्रम प्रभावकारी भएको छैन”, उपाध्यक्ष क्षेत्रीले भने।

    कार्यक्रममा मानव शरीरमा प्राटिनको महत्व विषयक कार्यपत्र प्रस्तुत गर्दै शिक्षण अस्पताल काठमाण्डौका कन्सल्टेण्ट सर्जन डा. सुजिता हिराचनले पोषण सम्बन्धी चेतनाको कमीले मानिसले धेरै रोगको समाना गर्नुपरेको बताए।

    अस्वस्थकर खानाको बढि प्रयोग हुनु र प्रोटिनयुक्त खानामा ध्यान नदिदा शरीर सुन्नीने, कपाल झर्ने र छाला खस्रो हुने समस्या देखिने गरेको उल्लेख गर्दै मानिसले हरेक दिन आफ्नो तौल बराबरको प्रोटिन खान आवश्यक रहेको जानकारी गरे ।

    कार्यक्रममा डा. पवन कुमारले शरीर स्वस्थ राख्न ४० बढि खानेकुरा खान आवश्यक रहेको बताए । “हामी कति वर्ष बाँच्ने भन्नेकुरा हामीले खाने खानेकुरामा भर पर्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा खाऔँ”,उनले भने । बदलिँदो जीवनशैलीले गर्दा आजभोली मानिसहरु बजारमा आएका खानेकुरामा जोड दिने गरेपनि घरमै बनेको खानेकुरा स्वस्थकर हुने उनको भनाइ छ ।

    नेपाल भेटेरीनरी एशोसिएसन लुम्बिनीका महासचिव डा. अशेष भट्टराईले प्रोटिनयुक्त खानेकुरा खान पाउनु सबै नागरिकको अधिकार भएको बताए ।

    नेपाल भेटेरीनरी एशोसिएन लुम्बिनी प्रदेशका सचिव डा बसन्त आचार्यले जीवन चलाउनका लागि सबैलाई प्रोटिनको आवश्यकता रहेको बताए। बोटविरुवा र जनावरबाट पाइने खाद्यवस्तु मध्ये प्रोटिन सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै शरीरको आवश्यकता आधारमा प्राटिनयुक्त खाना खान सबैलाई अनुरोध गरे ।

    नेपाल दाना उद्योग संघका सचिव केशव थापाले प्रोटिनयुक्त आहारको कमीले महिलामा ढाड दुख्ने लगायतका समस्या हुने भएकाले भान्सालाई प्राटिनयुक्त बनाउन आग्रह गरे । रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष होमराज बस्यालले प्रोटिनयुक्त खानेकुराको प्रयोग बढाउन जनचेतना आवश्यक रहेकोमा जोड दिए । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij