images

बिहिवार, बैशाख १३ गते २०८१

भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना हुने

भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना हुने

images
images
images
शनिवार, जेठ ७ २०७९
शनिवार, जेठ ७ २०७९
  • भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना हुने

    भैरहवा, ७ जेठ ।
    वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सेवा दिने उद्देश्यले काठमाण्डौं बाहिर पहिलोपटक वैदेशिक रोजगार कार्यालय भैरहवामा पनि खोल्ने तयारी सुरु भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय एअरलाइन्सहरुले जेठ २ गतेदेखि उडान सुरु गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई भैरहवामा कार्यालय खोल्न दबाब बढेको हो । 

    images

    यसैबीच  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)को नेतृत्वमा एक टोली शनिबार भैरहवामा कार्यालय राख्ने ठाउँको निरीक्षण गरेको छ । मन्त्री श्रेष्ठसहित संघीय सांसद प्रमोद कुमार यादव, मन्त्रालयका निमित्त सचिव डन्डुराज घिमिरे, वैदेशिक रोजगार विभागका प्रमुख शेषनारायण पौडेल, वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्याल, वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष विमल ढकालसहितको टोलीले भैरहवाको लुम्बिनीरोड छेउमा रहेको खाली जग्गा, नयाँ सडकमा रहेको नेशनल टेड्रिङको खाली भवन र शिक्षा मन्त्रालयको जिल्ला प्रशासन कार्यालय अगाडीको भवन निरीक्षण गरेको छ । 

    कार्यालय खोल्नको लागि आवश्यक जग्गा तथा ठाउँको निरीक्षण पश्चात मन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीमा जाने मानिसहरुको लागि सबै काम गर्ने गरी भैरहवामा कार्यालय खोल्दैछौं । आज ठाउँ हेरियो, हेरेका ठाउँमध्ये अधिकत्तम उपयुक्त शिक्षा मन्त्रालयको जिल्ला प्रशासन कार्यलय अगाडीको खाली भवन रहेछ । यो विषयमा शिक्षामन्त्रीज्यूसँग कुरा गरेर काम अगाडी बढाउँछौ । ’

    कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र बागमति प्रदेशको हेटौडा पश्चिमको मानिसहरुलाई भैरहवामा खुल्ने वैदेशिक रोजगार कार्यालयबाट सेवा लिन सहज हुने मन्त्री श्रेष्ठले बताए ।

    आगामी असार १ गते सम्म उक्त कार्यालय सञ्चालन गर्ने गरी तयारी गरेको मन्त्रालयका निमित्त सचिव डन्डुराज घिमिरेले बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा जानेहरुकोलागि काठमान्डौबाट मात्रै दिइदै आएको सेवा विकेन्द्रित गरी भैरहवा पनि ल्याउन थालिएको हो । यो कार्यालय खुलेपछि वैदेशिक रोजगारसँग सम्बन्धित सबै एजेन्सीहरु पनि यहाँ खुल्छन् । हामी तत्काल काजमा कर्मचारी खटाएर सेवा दिनेछौं त्यसपछि थप व्यवस्थित गर्दै लैजानेछौं । ’

    भैरहवामा वैदेशिक रोजगार कार्यालय खुलेपछि स्वास्थ्य परिक्षणको लागि गाम्का नेपालको सम्पर्क कार्यालय, कतार भिसा सेन्टर लगायत विभिन्न देशका भिसा सेन्टर, विभिन्न म्यानपावरका कार्यलयहरु पनि खुल्नेछन् । 

    गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री रहँदा बुटवलमा स्थापना गरेको श्रम कार्यलयको सन्दर्भमा उक्त कार्यालय भैरहवामा नै राख्नुपर्ने तत्कालिन समयमा आवज उठेको थियो । भैरहवामा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै तत्कालिन समयमा भैरहवाका क्षेत्रका संघीय सांसद घनश्याम भुसालले त्यतिबेला नै भैरहवामा श्रम तथा वैदेशिक रोजगार कार्यालय खोल्नको लागि मन्त्रीहरुसँग लबिंग गरेका थिए । 

    NK_BHAIRAHAWA (1).jpg
    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वमा एक प्रतिनिधिमण्डल शनिबार भैरहवामा बैदेशिक रोजगार विभागको शाखा कार्यालय राख्ने स्थलको निरीक्षण गर्दै । तस्वीर : नरेश केसी, रासस

    उक्त प्रयासले ढिलै भए पनि सार्थकता पाएपछि स्थानीय निजी क्षेत्रका व्यवसायी समेत खुसी भएका छन्  । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने, ‘सबै माननीयहरु र संघ–संस्थाको जोडबलले भैरहवामा वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । हामी निजी क्षेत्र अत्यन्तै उत्साहित भएका छौं । ’

    तत्काल अन्य सरकारी कार्यलयको भवनलाई प्रयोग गर्ने भएता पनि स्थायी रुपमा लुम्बिनीरोडस्थित मायादेवी गाउपालिका वडा नम्बर ८ स्थित विश्वकर्मा मन्दिर नजिकै रहेको नेपाल सरकारको नाममा रहेको ८ कठ्ठा २ धुर जग्गामा आधुनिक भवन बनाई बैदेशिक रोजगार कार्यालय सञ्चालनमा ल्याउने गरी योजना समेत बनिरहेको छ । सो वडाका अध्यक्ष चोक बहादुर थापाले वैदेशिक रोजगार कार्यालयले जग्गा लिनको लागि प्रस्ताव गरेको बताए । उनले भने, ‘श्रम मन्त्रीज्यूले जग्गाको लागि पहल गरिदिन प्रस्ताव गर्नुभएको छ । शनिबार फील्ड पनि हेर्यौ,  हामी सकेको सहयोग गछौं । ’

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij