
मंगलवार , जेठ १०, २०७९
भैरहवा, १० जेठ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) विजयी भएको छ ।
लोसपा उम्मेदवार बालकृष्ण त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाल जनता पार्टीका उम्मेदवार अशोक कुमार कलवारले ४ हजार २ सय ३९ मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा लोसपाकै उम्मेदवार शुशिला कुमारी यादव ४ हजार ७ सय ३६ मतसहित विजयी भएकी छन् । उनको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार गुजराती यादवले ३ हजार ४ सय ४२ मत ल्याइन् ।
रुपन्देहीका १६ पालिकामध्ये अहिलेसम्म १५ स्थानीय तहको मतपरिणाम आइसकेको छ । तिलोत्तमा नगरपालिकाको मतगणना जारी छ । जिल्लामा नेपाली कांग्रेसले ९, नेकपा एमालेले ३, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता प्रगतीशिल पार्टीले एक–एक पालिका प्रमुख जितेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij