२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

मंगलवार , जेठ १०, २०७९

दाङ, १० जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि छन् । उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थानमा रहेकी छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन् । उनीहरुबीच सातहजार २३९ को मतान्तर रहेको छ । 

तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेकामा अहिले वडा नम्बर १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएको घोषणा गर्न बाँकी छ । यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । उपमहानगरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए । रासस