२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

बाराको पचरौतामा एमाले विजयी

मंगलवार , जेठ १०, २०७९

कलैया, १० जेठ ।
पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । उक्त दलका जलनदर सिंहले चार हजार ७३३ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रमेश यादवले चार हजार ४६१ मत प्राप्त गरे । 

उपप्रमुखमा पनि एमालेकै नसिमा खातुनले चार हजार ५३८ मत ल्याई निवार्चित भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकै सगुफा खातुन चार हजार १६३ मत ल्याइन्  । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीकातर्फबाट रमेशकुमार यादव प्रमुखमा र ईन्दुदेवी यादव उपप्रमुखमा निर्वाचित भएका थिए । रासस